तेरी स्वास्नी लयो ड्राइभर ले भाग ६  मुख समाली बोल तीज गीत सार्वजनिक (भिडियोसहित)

प्रकाशित मिति:

नेपाली नारीहरुको माहन चाड हरितालिका तीजको अवसरमा विभिन्न कलाकारहरुको आवजमा तीज गीत सार्वजनिक भइरहेका छन् । यसै क्रममा ठट्यौली तीज गीत ‘मुख समाली बोल ’ नामक गीत सार्वजनिक गरिएको छ ।धेरै नेपाली को बाध्यता बिदेशीनु पर्ने पिडा, साहु को ऋण बोकेर बिदेशीएका दाजु भाइ का श्रीमती ले पसिनाको मूल्य नै नबुझ्ने र बुढो बिदेश बाट आउदा श्रीमती नै धन सम्पति कुम्लाएर अर्को संग हिडेको समाचार सुनी रहदा बिगत लामो समय बाट परदेसीका कथा बेथालाइ समेटिएर तीज गीत भाग एक बाट भाग ५ सम्म समेटेका थिए भनि य यसपाली गरिव दुखी जनताका पिडाहरुलाई समावेश गरी नेपाली राजनीतिलाई गहकिलो रुपमा प्रहार गरेका छन् ।

गायक तथा सर्जक नवराज पाण्डेको लय तथा शब्दमा गायिका पुनम सुनार, सरु बन्जाडे, गायक नवराज पाण्डे र अनिश खड्काको आवाज रहेको छ । नवराज पाण्डेको निर्देशनमा तयार पारिएको उक्त गीतको म्युजिक भिडियोमा हिमाल पाण्ड, युवराज पन्त, नमराज पाण्डे, अनिश खड्काकमला थापा क्षेत्री, प्रेम सागर, लगायतको अभिनय रहेको छ भने छायांकन तथा सम्पादन अनिश खड्काको रहेको छ ।स्वाभिमान क्रियाशनको युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीत ‘ मुख समाली बोलले दर्शक तथा स्रोताको मन जित्न सफल होस् हाम्रो शुभकामना