खोटाङमा जीप दुर्घटना, ६ जना घाईते

प्रकाशित मिति:

रामधन राई, खोटाङ
कात्तिक–२०, खोटाङस्थित रावावेंसी गाउँपालिका–५ दुवेकोलमा जीप दुर्घटना हुँदा ६ जना घाईंते वनेका छन् । काठमाण्डौंदेखि जिल्लाको ऐसेलुखर्क गाउँपालिकाको ऐंसेलुखर्कवजारतर्फ जाँदै गरेको ना १ ज ५६२७ नम्वरको जीप गए राति करिव १० वजे सडकवाट खस्दा चालक सहित ६ जना घाईंते वनेका हुन् । घाईंतेमध्ये ३ जनाको अवस्था गम्भिर रहेको रावावेंसी गाउँपालिकाका प्रमुख लीलानाथ निरौलाले वताउनुभयो ।

गम्भिर घाईंते हुनेमा ऐसेलुखर्क गाउँपालिका–६ नेपानेका हर्कवहादुर भट्टराई, ऐसेलुखर्क गाउँपालिका–२ वादेलका का २८ वर्षिय जर्मन भुजेल र उनकी श्रीमति २७ वर्षिया सरिता भुजेल रहेका छन् । गम्भिरमध्ये सरिताको अवस्था चिन्ताजनक देखिएको स्थानीय जनतिनिधिले जनाएका छन् ।

तीन जना गम्भिर र सामान्य घाईंते वनेका मोरङ पथरीका चालक लछुमान माझीलाई उपचारका लागि धरानको घोपा क्याम्प पठाईएको गाउँपालिकाको प्रमुख निरौलाले जानकारी दिनुभयो ।
सामान्य घाईंते वनेका सुनसरी तरहरा–१९ की खेमकुमारी वस्नेत र सोलुखुम्वु जुवुका सुदिप गुरुङको भने ऐसेलुखर्क स्वास्थ्य चौकीमा उपचार भईरहेको छ ।

काठमाण्डौंवाट तीन वटा जीप अघिपछि सँगै गुडिरहेको अवस्थामा दुर्घटना भएको पाईएको जनाईएको छ । रातीको समयमा नजिक–नजिक दुरीमा गाडी गुडाईरहँदा अगाडीको जीपले उडाएको धुलोको कारण वाटो नदेख्दा घुम्तीवाट पछाडीको जीप खसेको पाईएको स्थानीयले जनाएका छन् ।

धुले सडकको भित्तापट्टी ठूलो ढुंगा भएकोले पनि दुर्घटना भएको अनुमान गरिएको छ ।
रातीको घटना भएको कारण ढिला गरी खवर प्राप्त भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । घटनापछि ऐसेलुखर्कवाट प्रहरी खटाईएको छ ।

थप समाचार