आफुलाई षड्यन्त्रपुर्वक फसाउन खोजिएको छ : वडा अध्यक्ष यादव

प्रकाशित मिति:

महेश सिंह ,सिरहा ३० असार । स्थित भोटियाटोल नयाँ बस्तीमा केही दिन अगाडि भएको झगडा अहिले आएर जटिल बन्दै गएको छ । कुटिएका ममता यादव पक्षधर र कुटपिटको आरोप लागेका सुखिपुर नगरपालिकाका का वडा अध्यक्ष रामलोभित यादव पक्षधर ले यस मुद्दालाई झन्झन् पेचिलो बनाएको छ । ममता र रामलोभीत पक्षधरले पालैपालो पत्रकार सम्मेलन गरि आआफ्नो पीडा पोखेका छन ।
वडा अध्यक्ष यादवको अनुसार उनलाई षड्यन्त्रपुर्वक फसाउन खोजिएको छ । उनलाई उनकै छिमेकीहरुले बचावको लागि ममता यादवलाई दोष दिईरहेका छन भने उता ममताको छिमेकीहरुले वडा अध्यक्षको गल्ती भएको दावी गरिरहेका छन ।

महिलाहरू बिच भएको विवादले उग्ररूप लिएपछी कुटपिट भएको स्थानीयको भनाई रहेको छ । महिलाहरू बिच भएको झगडाको बेला आफू उपस्थित पनि नरहेको भन्दै आफू माथि छल भईरहेको अध्यक्ष यादवको असन्तुष्टि रहेको छ भने उता ममता पक्षधरले अध्यक्ष स्वयं कुटपिटमा सम्लग्न रहेको दावी गर्छन । स्थानीय रियासत अन्सारीको अनुसार उनी घटनाको बेला त्यहाँ उपस्थित थिए र अध्यक्ष यादवले नै आक्रमण गरेको उनको दावी रहेको छ । त्यसैगरी अर्का एक स्थानीय प्रकाश के।सी ले पनि घटना भएको बेला अध्यक्ष यादवको उपस्थिती रहेको दावी गर्छन ।

स्थानीय ममता यादव र वडाध्यक्ष यादवकी बुहारी रीता यादव र रेखा यादव बीच भएको लछारपछारमा घाइते भएकी ममता यादवलाई अध्यक्षले तत्कालै ६० हजार उपचार खर्च दिएको अध्यक्ष पक्षधरको दावी छ भने उता ममता पक्षधरले उक्त कुरालाई ईनकार गरेका छन ।टोलमा प्रायजसो झगडा मिलाउन प्रयास गर्ने अध्यक्ष यादवलाई उल्टै फसाउने षड्यन्त्र भईरहेको त्यहीँका स्थानिय कृष्ण शर्मा र रागनी सिंह दुनुवारको भनाई रहेको छ । राजनैतिक पुर्वाग्रहको शिकार बनी आफुबाट दश लाख रकम मागेको र नदिए चरित्रहत्या गरिदिने धम्की ममता यादवबाट आएको अध्यक्ष यादवले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेका थिए । उता ममताले आफुलाई १० लाख रकम माग्न उस्काएको बताउछिन् । ममता पक्षधरको एक युवक रामनारायण यादवले पनि आफू उक्त घटनाको प्रत्यक्षदर्शी भएको दावी गरेका छन उनको भनाइमा पनि अध्यक्ष यादव घटनाको दिन त्यहाँ उपस्थित रहेको थियो । घटनाको मुद्दा दायर भईसकेको ममता पक्षधर ले जानकारी गराएका छन ।