लमजुङ प्रहरीको अप्रेसन, अवैध २ सय ६९ क्यूफिट काठ बरामद

प्रकाशित मिति:

जिल्ला प्रहरी कार्यालय लमजुङको प्रमुख गंगाबहादुर थापा सरूवा भएर जिल्लाको कमाण्ड सम्माल्ले देखि सूश्म तवरले अपराधीक गतिविधि र तस्करको जालो तोड्न लागिपरेका छन्। आफ्ना मातहतका सबै युनिटलाई कडा निर्देशन दिदै कुनै दबाबमा नपरी निष्पक्ष तरीकाले अनुसन्धान र काम गर्ने समेत भनेका थिए।

त्यसै अप्रेसन अनुसार मंगलबार साँझ मध्यनेपाल नगरपालिकाको इलाका प्रहरी कार्यालयको टोलीले कास्कीबाट ट्रकमा अवैध रूपमा ल्याउदै गरेको २ सय ६९ क्यूफिट काठ बरामद गरेको छ।

ट्रक चालक कास्की पोखरा म।न।पा। १५ बस्ने राजकुमार श्रेष्ठ समातिएका छन्। ना ५ ख २०६५ नम्बरको ट्रकमा आँपको काठ र सालको गोलिया थान ७ बरामद गरी ट्रक र चालक सहित आवश्यक कारबाहीको लागी सव डिभिजन वन कार्यालयमा बुझाइएको प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिए। प्रमुख थापाले अपराधी गतिविधि लगायत तस्करीमा साटघाट गर्ने जोकोहीलाई पनि प्रहरीले नछाड्ने बताउदै आएका छन्।