साउन १ देखि अनलाइन कक्षा रोक्ने निजी विद्यालय सञ्चालकको निर्णय

३१ असार २०७७, बुधबार ०   बिचार / प्रतिक्रिया
40 Shares


काठमाडौं, असार ३१ :  लकडाउनको कारण देशैभर सञ्चालन हुँदै आएको अनलाईन कक्षा भोलि ९बिहीबार०देखि नहुने भएको छ। नेशनल प्याब्सन र प्याब्सनले साउन १ गतेदेखि शिक्षकलाई बेतलबी बिदा बस्न भन्दै अनलाईन कक्षा बन्द गर्ने निर्णय गरेको हो।

बुधबार नेशनल प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटा र प्याब्सन अध्यक्ष टिकाराम पुरीद्वारा जारी बिज्ञप्तीमा आर्थिक समस्याका कारण शिक्षण सिकाइ क्रियाकलापलाई निरन्तरता दिन नसकेको उल्लेख गरिएको छ।

‘आर्थिक तथा व्यवसायिक संकट आइपरेकोले विद्यालय बन्द गरी बस्नु नै उचित विकल्प हो,’ विज्ञप्तिमा भनिएको छ, ‘साउन १ गतेदेखि सवै वैकल्पिक शिक्षण सिकाइ क्रियाकलाप स्थगित गरी आफ्ना शिक्षक र कर्मचारीलाई बेतलवी घर बिदा दिने अप्रिय निर्णय लिन बाध्य छौं।’

लामो समयसम्म लकडाउन भएपछि उनीहरूले असार १ गतेदेखि वैकल्पिक विधिबाट पठनपाठन सुरू गरेका थिए। असार २१ गते गरिएको सहमती अनुसार शिक्षा मन्त्रालयले ठोस निकास दिन नसकेको उनीहरुको भनाई छ।@kathamandupress

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • आज शुक्रबारको राशिफल
  • हिमालयन बैंकको वितरणयोग्य नाफा ३५५ ले घट्यो
  • रुसले बनाएको कोरोनाविरुद्धको खोप भेनेजुएला र फिलिपिन्‍सले प्रयोग गर्ने
  • बैंकका कर्मचारीलाई कोरोना लागे सम्पूर्ण खर्च बैंकले नै बेहोर्नुपर्ने
  • नविल बैंकको घररजग्गा कर्जा अफरः ७: ९ प्रतिशत ब्याजदरमै ऋण…
  • माछापुच्छ्रे बैंकले भित्र्यायो विइ च्याट वालेट
  • समपूर्ण युवा क्लबको प्रथम अधिबेशन सम्पन्न, डिम(अशोक) बहादुर पुनको संयोजकत्वमा…
  • सुरक्षालाई मध्यनजर गर्दै ज्यामिरेमा अस्थाई प्रहरी पोष्टको स्थापना
  • पश्चिम नवलपरासीको बर्दघाटकि एक युबतीमा कोरोना पुष्टि
  • सर्वसाधारणले अव आइपीओ न्यूनतम ५० कित्ता पाउने