एक लाख घुस लिने टोखा नगरपालिकाका हाकिमबिरुद्ध भ्रष्टाचार मुद्दा दायर

२० कार्तिक २०७५, मंगलवार ०   बिचार / प्रतिक्रिया
4 Shares


काठमाडौं । एक लाख घुस लिंदालिंदै पक्राउ परेका टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपसचिव कृष्णप्रसाद सुवेदीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

उपसचिव पौडेल असोज २८ गते पूर्वाधार विकास योजना कार्यक्रम अन्तर्गत नवसिर्जना टोल सुधार उपभोक्ता समाजलाई बाटो ढलानको लागि छुट्टयाएको रकमको अन्तिम बिल भुक्तानी गरी दिने प्रयोजनको लागि १ लाख रुपैयाँ घुस लिंदालिंदै पक्राउ परेका थिए ।

उनलाई भ्रष्टाचार ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कसुर गरेको देखिन आएकोले बिगो रु.१ लाख कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र सोही दफाको उपदफा (१) को देहाय (ग) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी मुद्दा दायर गरेको आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • डेढ वर्षअघि भएको सामूहिक बलात्कार गर्ने अभियुक्तलाई ५ वर्ष कैद
  • सैनामैना उद्योग वाणिज्य संघको साधारण सभामा पत्रकार सम्मानित
  • लुम्बिनी निर्माण व्यवसायी संघद्वारा आन्दोलनको चेतावनी,प्रधानमन्त्रीलाई ज्ञापनपत्र
  • लुम्बिनी पर्यटन प्रबर्दन औद्योगिक व्यापार तथा कृषि महोत्सवको तयारि तिब्र:…
  • रोट्याक्ट क्लबले साताव्यापी कार्यक्रम गर्ने
  • होटल व्यवसायीको महाधिवेशन सुर्खेतमा हुने
  • राष्ट्रपति हमिदसँग सभापति देउवाको भेट
  • विमानस्थलको भीआईपी कक्ष प्रयोग गर्न नपाउँदैमा आफूलाई सानो नठानौं :…
  • ‘फेवातालमा खुम्चिएको पर्यटन अब गाउँ गाउँमा’
  • रुपन्देहीका १६ स्थानीय तहमा मधुमेहको निःशुल्क परीक्षण गरिने