बाग्लुङ र स्याङ्जामा थप ३ जनामा कोरोना संक्रमण

१ श्रावण २०७७, बिहीबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं/ गण्डकी प्रदेशको बाग्लुङ र स्याङ्जामा थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोद बिन्दु शर्माका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा बाग्लुङका २ र स्याङ्जाका एक जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार २३१ पुगेको छ । संक्रमित सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।खबरहब

फेसबुकबाट तपाईको प्रतिक्रिया