अमेरिकाका चर्चित नेताअर्बपति र विभिन्न कम्पनीका ट्वीटर एकाउन्ट ह्याक

१ श्रावण २०७७, बिहीबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं/अमेरिकाका चर्चित व्यक्तिहरू एवं कम्पनीका ट्वीटर एकाउन्ट ह्याक भएका छन्।एउटा ठूलो सङ्गठित साइबर हमलालाबाट पूर्वअमेरिकी राष्ट्रपति बराक ओबामा, राष्ट्रपतिका लागि डेमोक्र्याटिक उमेद्दवार जो बाइडन, अर्बपतिहरू जेफ बेजोस, एलन मस्क, बिल गेट्स, माइकल ब्लुमवर्ग, र्‍यापर कानिय वेस्ट लगायतका ट्वीटर ह्याक गरिएको छ ।

उबर र एपलजस्ता संस्थाहरूसमेत हमलामा परेको बीबीसीले जनाएको छ । ह्याक भएका यी ट्वीटर प्रयोगकर्ताका दशौँ लाख फलोअर्स थिए ।ओबामा, बाइडन र वेस्टका खातामा झुटा ट्वीटहरू राख्दै मानिसहरूलाई एक हजार डलरको क्रिप्टोकरेन्सी चन्दास्वरूप पठाउन भनिएको थियो।टेस्ला र स्पेश एक्स कम्पनीका प्रमुख एलन मस्कको आधिकारिक ट्वीटरमा ‘आउँदा केही घन्टामा’ दिइएको डिजिटल वालेटको ठेगानामा पठाइने जति पनि बिटक्वाइनको भुक्तानी दोबर हुने लेखिएको थियो।

ती ट्वीटहरू पोष्ट भएको केहीबेरमा हटाइएका थिए। ह्याक भएका ती एकाउन्टमा थप ट्वीट गर्नबाट रोकिएको छ।ट्वीटरमा अहिलेसम्मकै ठूलो हमला ठानिएको यस घटनापछि कम्पनीले अनुसन्धान गरिरहेको जनाएको छ।खबरहब

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • उद्योगी व्यबसायीलाई घरभाडा छुट गर्न बुटवल उद्योग बाणिज्य संघको आग्रह
  • देशभर सक्रिय संक्रमितको संख्या २० हजार ३९६ पुग्यो, आज थपिए…
  • बझाङ घटनालाई गम्भीर रुपमा लिएको छु : सभामुख सापकोटा
  • समाजिक सेवा दिवसको अवसरमा ओरेक नेपाल द्धारा अंन्तरकृर्या
  • नेपाली कांग्रेसका नेताहरु द्धारा राहत वितरण ।
  • संविधानसभा सदस्य पाण्डेय द्वारा पहिरो पीडित परिवारलाई आर्थिक सहयोग 
  • बाँकेमा कोरोनाका कारण थप दुई जनाको मृत्यु
  • नेटवर्किङ व्यवसायमा संलग्‍न २५ कम्पनी र ५० जना पक्राउ गर्न…
  • कालीगण्डकी पहिरो पीडितलाई सभासद पाण्डे र दियालो संस्थाको तर्फबाट नगद…
  • एनआरएनए लाई आइएलओको थप ५ करोड सहयोग