शैक्षिक क्षेत्रको पछिल्लो अवस्थाको बारेमा सरोकार वालाहरु संग छलफल

१ श्रावण २०७७, बिहीबार ०   बिचार / प्रतिक्रिया


तिर्थराज ज्ञवाली श्रावण १, मसुरीया देउखुरी दाङ – राप्ती गाउँपालिका शिक्षा शाखा द्धारा शैक्षिक क्षेत्रको पछिल्लो अवस्थाको बारेमा सरोकार वालाहरु संग छलफल गरिएको छ । सामुदायिक विद्यालय तथा संस्थागत विद्यालयहरुका प्रमुख संग छुट्टा छुट्टै भेला गरि आगामी दिनमा राप्ती क्षेत्रका बालबालिकाको शैक्षिक सुधारका लागि गर्न सकिने प्रयास तथा आगामी योजनाका बारेमा छलफल गरिएको हो ।

छलफलमा नेपाल सरकारले नियमित रुपमा कक्षा सञ्चालन सम्बन्धी मापदण्ड र निर्देशन जारी गरी औपचारिक कक्षा सञ्चालन नभएसम्म गत असार १ देखि श्रावण ३ सम्म रेडियो राप्ती र राप्ती टेलिभिजन बाट प्रसारण भैरहेको बैकल्पीक कक्षाको बारेमा समिक्षा गरिएको छ ।
कोभिड १९ कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि देशभर बन्दाबन्दीको अवधी कायम रहेको, बन्दाबन्दीको अवधी कहिलेसम्म लम्बिने हो अहिले नै एकिन नरहेको अवस्था र कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणको कारण विद्यालय गई नियमित कक्षा सञ्चालनको वातावरण निर्माण भई नसकेको अवस्थामा सामुदायिक तथा संस्थागत विद्यालयहरुले आर्थिक वर्ष २०७७। ०७८ को प्रारम्भिक दिनहरु बाटै सुरु गर्ने कार्यहरुको बारेमा छलफल गरिएको छ ।

ठकमा शिक्षकहरुले स्वास्थ्य सुरक्षासँग सम्बन्धित प्रोटोकलहरुको प्रभावकारी अवलम्बन गरी समुदायस्तरमा परिचालन हुने विद्यार्थीलाई सिकाई सहजीकरण गर्ने, सम्पुर्ण विद्यार्थिलाई वैकल्पिक प्रणाली ९रेडियो, टेलिभिजन, इन्टरनेट० मार्फत शैक्षिक क्षति न्यूनिकरणका लागि सञ्चालीत कक्षाबाट लाभ लिने गरी सहयोग र सहजीकरण गर्ने, आफू कार्यरत रहेको विद्यालयको सेवा क्षेत्रभित्र पर्ने वस्तीहरुमा गई साना साना सिकाई समूहहरु निर्माण गर्ने सिकाईका लागि सहजीकरण गर्ने, विद्यालयमा अभिलेखिकरण भएका विधार्थीहरुले पाठ्यपुस्तक प्राप्त गरे नगरेको एकिन गर्ने, पाठयपुस्तक प्राप्त गरेका विद्यार्थीका लागि साप्ताहिक रुपमा मूल्याङ्कन गर्ने गरी गृहकार्य दिने, मूल्याङ्कन गर्ने, हालसम्म पनि पाठ्यपुस्तक प्राप्त नगरेका विद्यार्थीलाई पाठ्यपुस्तक लिन प्रोत्साहित गर्ने

शिक्षकको तलब लगायतका अन्य सुविधाहरुको विषयमा विद्यालयको विनियमावली तथा करार सम्झौता गर्दा भएका शर्त र सुविधाका आधारमा निर्णय गर्ने, समुदायमा खटिएको शिक्षकले सहजीकरणमा भाग लिएका बालबालिकाको हाजिरी तयार गरी प्रधानाध्यापकलाई पेश गर्ने, प्रधानाध्यापकले शिक्षक परिचालन र विद्यार्थीको सहभागिताका विषयमा साप्ताहिक रुपमा प्रतिवेदन पालिकामा पेश गर्ने लगायतका विषयमा छलफल गरिएको शाखा अधिकृत विश्वास वि।क।ले जानकारी दिनु भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • सामूहिक रुपमा आलु खेती गर्दै दलित महिलाहरु
  • सामुदायिक बिद्यालयका बिद्यार्थिलाई शैक्षिक सामाग्री बितरण
  • तिलोत्तमामा ‘गर्भवतीसँग नगर उप–प्रमुख कार्यक्रम’
  • टिप्परको ठक्करबाट एक जनाको मृत्यु
  • ‘बेटर व्रिक–नेपाल कार्य अनुपालक अधिकृतहरुका लागि कार्यशाला गोष्ठि सम्पन्न’
  • मन्त्री अर्यालद्वारा कोटाकोटमा सामुदायिक भवन तथा मंदिर निर्माणकार्यको शिलन्यास
  • युवा नेता भण्डारीले गरे गुल्मेली विद्यार्थीलाई छात्रावृत्तीमा अध्ययन गराउने घोषणा
  • आज आइतबारको राशिफल
  • रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा रक्तदान
  • महिलाहरुको सक्रियताले दीगो आर्थिक प्रगती सम्भव : अध्यक्ष गैह्रे