गोताखोरको डुंगा इन्द्रावतीमा पल्टियो
१ श्रावण २०७७, बिहीबार ० बिचार / प्रतिक्रिया

सिन्धुपाल्चोक, साउन १ : मेलम्ची खानेपानी आयोजनाको गेट भत्किँदा बगाएका चालकको खोजी गर्न सिन्धुपाल्चोक पुगेको सशस्त्र प्रहरी बलको गोताखोर चढेको डुंगा पल्टिएको छ। वेपत्ता चालकको खोजी गर्न सात जनाको टोली सिन्धुपाल्चोक पुगेको हो। सिन्धुपाल्चोकको इन्द्रावती नदीमा सात जना सवार गोताखोरको डुंगा पल्टिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार डुंगा पल्टिदा एक जना घाइत भएका छन्। अरुको सकुसल उद्धार गरिएको जनाएको छ। असार ३० गते मेलम्ची खानेपानी आयोजनाको गेट भत्किँदा दुई जना घाइते भएका थिए भने दुई जनालाई पानीले बगाएको थियो। बगाएकामध्ये एक जनाको शव भेटिएको छ भने एक जना गाडी चालक वेपत्ता छन्। उनको खोजी भइरहेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया