कांग्रेस उपसभापतिमा गच्छदार मनोनित, महासमिति बैठक मंसिर २८ गतेदेखि

प्रकाशित मिति:

२० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले महासमिति बैठकको मिति पुन सरेकाे छ । महासमिति बैठक आगामी मंसिर २८ गतेदेखि पुस ३ गतेसम्म बस्ने तय भएकाे हाे ।

मंगलबार बसेको बैठकले लोकतान्त्रिक फोरमबाट एकताबाट आएका विजयकुमार गच्छदारलाई उपसभापतिमा मनोनित गर्ने निर्णय गरेको छ ।

मंगलबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले महासमिति बैठकको नयाँ मिति तय गरेको हो । यसअघि कांग्रेस महासमितिको बैठक आगामी मंसिर ५ देखि ९ सम्मका लागि तोकिएको थियो ।

तिहार, छठ लगायतका चाडपर्वहरू संघारमा आएकोले महासमिति बैठकको मिति सारिएको कांग्रेसले जनाएको छ ।