घ्याल सुम्दो सेवा संस्थाद्धारा फिप्ना अमेरिकालाई आर्थिक सहयोग

प्रकाशित मिति:

अमेरिका । नेपाल आदिवासी जनजाति महासंघ फिप्ना अमेरिकालाई घ्याल सुम्दो सेवा संस्था अमेरिकाले आर्थिक सहयोग रकम संस्थागत तथा व्यक्तिगत रुपमा प्रदान गरेको छ । फिप्ना अमेरिका अध्यक्ष एवं सामाजिक अभियन्ता लोक चेम्जुङकानुसार हामी,हाम्रो मातृभूमि नेपालको विभिन्न क्षेत्रमा रोग र भोगसँग जुधिरहेका हाम्रा दाजुभाई तथा दिदिबहीहरूको दुस्खमा थोरबहुत मलम लगाउन राहत संकलन

गरि नेपालका विभिन्न स्थानमा समस्यामा परेका नागरिकहरुलाई खाना तथा खाध्यान्न प्रदान गर्न,गराउन फिप्ना अमेरिकालाई सहकार्य सहित आर्थिक सहयोग गर्ने क्रममा फिप्ना अमेरिकाको संस्थागत सदस्य संस्था घ्याल सुम्दो सेवा संस्था अमेरिका अध्यक्ष एवं सामाजिक अभियन्ता निमा ल्हमोको नेतृत्वमा रहेको संस्थाले संस्थागत ७२३ र व्यक्तिगत विभिन्न पदाधिकारीहरु,सदस्यहरुबाट ९०७ डलर संकलन गरि कुल १६३० डलर आर्थिक सहयोग केही दिन अघि फिप्ना अमेरिकालाई प्राप्त भएको जनाएका छन् ।