नेपाली गुठी अमेरिकाद्वारा डेलिस्टाउन हस्पिटलका ३ सयलाई खाना वितरण

१ श्रावण २०७७, बिहीबार ०   बिचार / प्रतिक्रिया


मुकुन्द सुवेदी । न्यूयोर्क । नेपाली गुठी एसोसियसनले अमेरिकास्थित पेन्सलभेनियाकै ठूलो हस्पिटल डेलिस्टाउन हस्पिटलमा कार्यरत स्वास्थ्कर्मीहरुलाई निःशुल्क भोजन गराएको छ । गुठीले पेन्सलभेनियाको नमस्ते इन्डियन रेष्ट्रोका सञ्चालक भरत रावलको प्रयोजनमा डेलिस्टाउन हस्पिटलमा कार्यरत डाक्टरहरु, नर्स र कर्मचारी गरी ३ सय जनालाई निःशुल्क रुपमा भोजन गराएको हो ।

नेपाली गुठीले कोरोनाको कहरबा बीचमा निःशुल्क रुपमा तयारी भोजन गराएपछि यो क्षेत्रका कंग्रेस म्यान ब्रायन, अस्पतालका अध्यक्ष जिम ब्लेक्सर र प्रमुख कार्यकारी निर्देशक लौरा वर्थम्यानले गुठीको कामप्रति प्रशंसा गरे । उनीहरुले संकटको बेला पनि नेपालीहरु यसरी सामाजिक कामम सक्रिय बनेकोमा गुठी र समग्र नेपालीलाई धन्यवाद दिएको गुठीका अध्यक्ष विमल मोक्तानले बताए ।

सो हस्पिटलमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई निस्शुल्क भोजन गराउँदा अमेरिकी सामाजिक कार्यकर्ता जर्ज ह्वाइट हेयर र श्यामसुल हुददा, गुठीका संरक्षक विनोद मोक्तान, विष्णु मोक्तान लगायतले सहयोगी भुमिका निर्वाह गरेका थिए । यो हस्पिटल कोरोना संक्रमितहरुको उपचार गर्ने पेन्सलभेनियाकै सबैभन्दा ठूलो हस्पिटल हो । यहाँ अहिले पनि कोरोना संक्रमतिको संख्या उल्लेख्य छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • आँखा रोगबाट ग्रसित ११ वर्षिय सदाय परिवारका नेहा लाई आर्थिक…
  • कपिलवस्तुमा बिद्युत प्राधिकरणको जिप खोलाले बगायो १ को मृत्यु २…
  • ३५ केजी चरेस सहित २ महिला पक्राउ ।
  • नेपाली कांग्रेसद्धारा वडा कार्यालयमा ज्ञापन पत्र प्रतिपक्षीदललाई बेवास्ता गरेको कांग्रेसको…
  • स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न
  • वडा विभाजनको माग गर्दै वडाबासीले हस्ताक्षर बुझाए
  • मुखिया परिवारको सारथि बन्यो : घरघरमा हामी अभियान, नगद र…
  • १० बर्ष नपुग्दै भत्कियाे  सहिद क. हुमानन्द बन्जाडेकाे स्मृति प्रतिक्षालय 
  • देउखुरीमा पनि मसिनो हाईब्रिड धानको उत्पादन सुरु किसान परियोजना कृषकका…
  • पहिरोका कारण बुटवल तानसेन सडक खण्ड एक तर्फी खुल्ला