अनाथ आश्रममा चुरा र मेहन्दी वितरण

प्रकाशित मिति:

बुटवल १ साउन । लियो क्लब अफ बुटवल सिटीले अनाथ बालिकाहरुलाई साउने संक्रान्तिको अवसरमा चुरा र मेहन्दी वितरण गरेको छ । क्लबले तिलोत्तमा १५ कोटिहवास्थित नेपाल अविनाश अनाथ आश्रम र बुटवल देवीनगरस्थित नेपाल अपांग आश्रममा रहेका २५ जना बालिकालाई चुरा र मेहन्दी वितरण गरेको हो । कार्यक्रममा स्वागत मन्तव्य तथा कार्यक्रमबारे प्रकाश पार्दै कार्यक्रम संयोजक विशाल पन्थले आफू भन्दा कम भाग्यमानीलाई खुसी दिनु नै लियो क्लबको दायित्व भएको बताए । आश्रमका अध्यक्षहरुले साउने संक्रान्ति पर्वमा आश्रममा आएर बालिकाहरुलाई खुशी बनाइदिएकोमा क्लबलाई धन्यवाद दिएका थिए ।

कार्यक्रममा प्रमुख अतिथिहरु लियो डिस्ट्रिक्ट ३२५ बी २ नेपालका एरिया ४ का गोबिन्द बन्जाडे तथा लियो क्लबका चेयर पर्सन तथा लायन्स वर्ष २०२०।२१ को एरिया ४ का जोन चेयर पर्सन विष्णु केसीले क्लबले गरेको रचनात्मक कामको सराहना गरेका थिए । क्लबका अध्यक्ष राजन पौड्यालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन क्लबका सचिव विजय गौतमले गरेका थिए । कार्यक्रममा लायन्स क्लब अफ बुटवल सिटीका अध्यक्ष सिद्धार्थ विक्रम शाह,लियो डिस्ट्रिक काउन्सील ३२५ बी २ नेपालका एरिया ४ का रिजन चेयर पर्सन राजीवजंग कुंवर,लियो क्लब अफ बुटवल सिटीका चार्टर्ड प्रेसिडेन्ट आशिष सुवेदी लगायतको उपस्थिति रहेको क्लबका पीआरओ नवीन पौडेलले बताए ।