पशुपति नाथ मन्दिरमा कार्यरत भट्टहरू हटाउने कुनै सोच नरहेको पशुपति क्षेत्र विकास कोषको भनाई

प्रकाशित मिति:

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपति नाथ मन्दिरमा कार्यरत भट्टहरू हटाउने कुनै सोच नरहेको जनाएको छ ।

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा प्रदीप ढकालले एक विज्ञप्ति जारी गर्दै नेपाल सरकारले पशुपतिनाथ मन्दिरमा हाल कार्यरत भट्टहरू हटाउन लागेको भन्दै विभिन्न अनलाइन न्यूज पोर्टलमा समाचार आएको विषय प्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । विज्ञप्ति मार्फत सदस्यसचिव ढकालले भनेका छन्, ‘नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र पशुपति क्षेत्र विकास कोष कसैको पनि यस खालको सोच नरहेको जानकारी गराउन चाहन्छौं ।’

नेपाल र भारतबीच सदियौंदेखि जनस्तरसम्म धार्मिक, अध्यात्मिक, सामाजिक र सांस्कृतिक रूपमा रहेको प्रगाढ सम्बन्धलाई धुमिल गर्न कतिपय शक्तिहरू सक्रिय रहेको भन्दै कोषले त्यस्ता भ्रामक समाचारकापछि नलाग्न सबैमा अनुरोध पनि गरेको छ ।