सप्तरीमा दलित युवाको हत्या अपराधीलाई कडा कार्बाहीको माग: दलित अभियान्ता संजय

प्रकाशित मिति:

महेश सिंह सिरहा २ साउन । धनुषाको शम्भु सदाको हत्या नसेलाउदै सप्तरीमा दलित युवाको हत्या भएको छ ।  सप्तरीको शम्भुनाथ नगरपालिका कचनदाहाको त्रिभुवन रामलाई अज्ञात समूहले अपहरण गरि हत्या गरेको छ । हाम्रो दलित माथी दिन प्रति दिन घटना घाटदै गएको छ । गम्भीर ध्यानाकर्षण भएको छ। जनताको जीउ ज्यानको सुरक्षा प्रदान गर्न नसक्ने कस्तो सरकारको कानुन रहेको बताए ।नेपालमा शान्ति सुरक्षाको भरोषानै न रहेको स्थानीयको आरोप रहेको छ ।

प्रदेश नम्बर २ मा मधेशि दलितहरू माथि दिनदिनै जातीय छुवाछूत , विभेद, हत्या, हिंसा बढिरहेको बेलामा तिनै तहका सरकारको आखा कहाँ बागिएको छ दलित माथी किन जादैन । प्रदेशमा उच्च जातजातिका ब्यक्ती माथि समान्य घटना घटेको भए पुरै नेपाल तातिने थियो। तर गरिब निमुखा बिपन र मधेशका जिल्लामा गैर दलितद्वारा र सरकारका जिम्मेवार निकायद्वारा हत्या हुदा पनि सरकार अँखा बन्दगरेको छ । नागरिक समाज र राजनीति दलहरुको मुखमा बोलि नै छैन ।

दलित माथि एकपछि अर्को गरि भैरहेको नरसंहार को विरुद्ध संघर्ष जरूरी देखिन्छ । न्यायको लागि विभिन्न जिल्लाबाट पुग्नु भएको संयुक्त दलित मोर्चाका केन्द्रीय संयोजक शिव कुमार महरा र दलित अधिकार कर्मी हरिन्नदन अम्बेडकर तथा अगुवा नेताहरूलाइ पुगेका छन्। दलित जागरण केन्द्र नेपाल गोलबजार सिरहाका सचिव संजय महराले घटनाको निश्पक्ष छानविन र दोषिमाथि कारवाहिको माग गरेका छन् ।