मुन्नेज युनिसेक्स शैलुनमा मुन्ने स्टाइल : हेयर डिजाइनमा ग्राहकको मन जित्दै

प्रकाशित मिति:

बुटवल । उमेरले २६ बर्ष पुगेका मुन्ने ठाकुरले सायद सानै उमेर देखी बुवाको पछी लागेर कैची चलाउन नसिकेको भए आज स्टाइलिस्ट डिजाइनमा कपाल काट्दै रङ भर्दै गर्न सक्दैनथे होला । त्यसैले कैची चलाउने उनको शोखको उपज नै सही हाल उनी बुटवलमा उम्दा हेयर स्टाइल कटिङमा रुपमा चिनिन थालेका छन् । बुटवल मिलनचोक तिनकुनेमा उनले बिगत डेढ बर्षदेखी मुन्नेज युनिसेक्स शैलुन सन्चालन गरेर ग्राहकको मन जितीरहेका छन । केटाकेटी देखी युवायुवतीसम्म बृददेखी महिलाहरुसमेत उनको शैलुनमा स्टाइलीस्ट कपाल काट्नको लागी पुग्ने गरेका छन ।

मेरो बुवाको पनी शैलुन पसल थियो , सानैदेखी बुवासगै सिक्ने मौका पाए , रुपन्देही देबदेहका मुन्ने ठाकुर भन्छन – काम गर्दै सिक्दै पढ्दै गए । साइन्समा प्लस टु सकेपछी भने यसैलाइ ब्यबसायीक बनाउने बिचार गरे । चेन्नइको टोनी एण्ड गाए मा गएर पनी प्रशिक्षण लिए । नया नया हेयर स्टाइलको फेसन फलो गर्न थाले र अहिले आफ्नै मुन्नेज शैलुन खोलेको छु । हाल ५ जना स्टाफ राखेर उनले आफ्नो ब्यबसायीक दौडान भरिरहेका छन । आगामी दिनमा आफुलाइ अझै निर्खादै र परिस्कृत गर्दै अगाडी बढाउने सोच बनाएका उनी हेयर आर्टीस्टका रुपमा बिदेशमा गएर प्रशिक्षण लिने योजना समेत बनाएका छन ।

मलाइ यो ठाउमा मेरा दाजुहरु साथीभाइहरुले ठुलो हौसला दिनुभएको छ , मुन्ने खुल्दै गए – ग्राहकहरुको पनी सरसल्लाहालाइ शिरोधार्य गर्दै अगाडी बढ्ने योजना बनाएको छु । ” फेसबुक इन्स्टामा उनको शैलुनलाइ फलो गर्दै सेवा लिन आउनेहरुको सङख्या पनी बढीरहेको छ । आज युवाहरु बैदेशीक रोजगारीतर्फ गइरहेको परीपेक्ष्यमा यही देशमै केहि गर्ने सोचका साथ आफु अगाडी बढेको मुन्ने सुनाउछन । शैलुन पसल त धेरै नै छन तर हाम्रोमा बिदेशी मुलबाट आएको डिजाइनदेखी कपालमा हरेक किसिमका आर्टहर भर्न पाइन्छ । त्यसैले टिनेजरहरुको छुट्टै आर्कषण पाइएको छ – सबलपोष्टसगको कुराकानी बिट मार्दै मुन्ने भन्छन – एकपटक हामीलाइ पनी सेवा गर्ने मौका दिनुहोला । प्रस्तुती : दिपक न्यौपाने