जन्मदिनमा अपांग आश्रममा खाद्यान्न प्रदान

प्रकाशित मिति:

बुटवलका उद्योगी तथा समाजसेवी टंकप्रसाद गैरेले आफ्नो जन्मदिनको अवसर पारेर बुटवल उपमहानगरपालिका वडा नं. ११ देवीनगर स्थित नेपाल अपांग आश्रममा खाद्यान्न प्रदान गर्नुभएको छ ।

उहाँले आफ्नो जन्मदिनको अवसरमा प्रत्येक वर्ष उक्त आपांग आश्रममा सहयोग गर्दै आएको र यो वर्ष पनि खाद्यान्न सहयोग गरेको जानकारी गराउनु भयो । जन्मदिनको अवसरमा असक्त तथा असाहायहरुलाई केही भएपनि सहयोग गर्ने पबित्र मनले केही वर्षदेखि नियमित रुपमा उहाँले उक्त आश्रममा सहयोग गर्दै आउनु भएको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका आजिवन सदस्य तथा बुटवल उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य समेत रहनु भएका समाजसेवी गैरेले शुक्रबार परेको जन्मदिनको अवसरमा बिहान अपांग आश्रममा पुगेर चामल, दाल, नुन, चिउरा लगायत १५ हजार रुपैंया बराबरको खाद्यान्न प्रदान गरेको बताउनु भयो ।