लायन्स मणि उजेशले गर्याे पहिरो पीडितलाई आर्थिक सहयोग

प्रकाशित मिति:

बुटवल, २ साउन । लायन्स क्लव अफ बुटवल मणि उजेशले पहिरो पीडितलाई आर्थिक सहयोग गरेको छ । मणि उजेशले आफ्नो स्थापना दिवसको तेस्रो वर्ष प्रवेशका अवसरमा मनाइएको थर्ड चार्टर्ड नाईट सेलिव्रेशन तथा डिजी भिजिटिङ्ग कार्यक्रमको अवसर पारेर गुल्मीको सुत्यवति गाउँपालिका भार्सेका कृष्णबहादुर बुढालाई आर्थिक सहयोग गरेको हो । चार्टर्ड नाईट कार्यक्रममा मणि उजेश क्लवका अध्यक्ष सोनाली गुरुङ्ग र लायन्स ईन्टरनेशनल ३२५ बी टु का डिष्ट्रिक गभर्नर शम्भु नकर्मीले नगद २० हजार रुपैयाँ अर्थिक सहयोग गर्नु भएको हो । क्लवका सदस्यहरुले संकलन गरेको उक्त रकम पहिरोका कारण विस्थापित बनेका बुढाको घर पुनः निर्माणका लागि सहयोग गरिएको क्लवका कम्यूनिकेशन प्रेसिडेन्ट रितु गुरुङ्गले जानकारी दिनुभयो ।

कार्यक्रममा मल्टिपल काउन्सिल आईटी चियर प्रशन सुनिल वझा, क्लवका फष्ट भाईस डिष्ट्रिक गभर्नर रामप्रसाद भट्ट, पाष्ट डिष्ट्रिक गभर्नर महेन्द्रनारायण श्रेष्ठ, चार्टर्ड पे्रसिडेन्ट सृष्टि गुरुङ्ग लगायतले क्लवले सफलतापुर्वक तीनवर्ष प्रवेश गरेको शुभकामना तथा बधाई दिदै महिला सशक्तिकरण र महिलाको नेतृत्व विकास गर्नका लागि क्लवले खेलेको भुमिका महत्वपुर्ण भएको बताउनुभयो । क्लवका प्रथम उपाध्यक्ष ईन्जिनियर प्रविना घिमिरेको स्वागत, सचिव डाक्टर शान्ता शर्माको संचालनमा भएको कार्यक्रममा क्लवका चार्टर्ड तथा नयाँ सदस्यलाई पीन लगाएर स्वागत गरिएको थियो । क्लवले वर्ष सन् २०२०÷२१ लाई महिला क्षमता विकास वर्ष बनाउने योजना सहितको खाका तयार पारेको क्लवका निवर्तमान अध्यक्ष नेहा अग्रवालले जानकारी दिनुभयो ।