विभिन्न संघसस्थाहरुले राहत रकम दिने क्रम जारी

२ श्रावण २०७७, शुक्रबार ०   बिचार / प्रतिक्रिया


चुत्र महत साउन ०२,भीरकोट- कोरोना भाइरस कोभिड १९ र दैविक प्रकोपका कारण प्रभावित भीरकोट वासीहरुको लागि राहत होस भनी विभिन्न संघसस्थाहरुले राहत रकम दिने क्रम जारी रहेको छ । कोविड १९ को रोकथाम र व्यवस्थापनको लागी भीरकोट नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा हुने गरी भीरकोट नगरपालिका वडा नं. ४ मा रहेको श्री दिपज्योती आमा समुहको तर्फवाट सचिव योशदा ढुङ्गाना र युवा नेता रुद्र ढुङ्गानाले रु ५ हजार नगर प्रमुख छायाराम खनाललाई प्रदान गरेका छन् । भीरकोट नगरपालिकाको राहत प्रकोप व्यवस्थापन कोषमा जम्मा हुने रकम वुझ्दै प्रमुख खनालले कोविड १९ र विभिन्न खाले विप्दवाट अति प्रभावित भीरकोटवासीको समस्यालाई नगरपालिका एकले मात्र सामाधान गर्न नसक्ने हुदाँ अन्य संघ सस्था र मनकारी व्यक्तिहरुले आफु सक्य सहयोग गर्नुपर्ने भन्दै अवको चरणको राहत वितरण कार्यलाई रोजगारी संग जोड्ने वताए । हाल सम्म भीरकोट नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा जिन्सी र रकम प्रदान गर्नुहुने संघ सस्था र मनकारी महानुभावहरुलार्इं प्रमुख खनालले धन्यवाद व्यक्त गर्नुभयो ।

नगर पालिकाले ४ वटा निजि विद्यालयमा १ सय जना क्षमताको क्वारेन्टाइन निर्माण गरी तयारी अवस्थामा रहेको र अहिले २२ जनालाई क्वारेन्टाईनमा राखेको र कालिका सामुदायिक अस्पतालमा ६० शैयाको आइसोलेसन निर्माण गरी अहिले ७ जना कोरोना संक्रमित रहेका छन् । कोविड १९ का विरामीलाई आइसोलेसनमा राखी उपचार भइरहेको छ भने निको भएर जाने र संक्रमितभई आउने क्रम जारी रहेको प्रमुख खनालले वताए । हालसम्म भीरकोट नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा खाद्यान्न र नगद गरी ३७ लाख ४८ हजार ३ सय ४५ रुपैया जम्मा भएको नगर प्रवत्ता दिपेन्द्र केसीले वताए । लक डाउनको अवधिमा भीरकोट जन्मथलो भएतापनि कामको शिलशिलमा देश तथा विदेशमा कार्यरत भीरकोट वासीहरु संग भिडियो कन्फ्रेस मार्फत कोविड सम्वन्धी कुराको प्रभाववाट अहिले सम्म झण्डै ७ लाख भीरकोट नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा रकम जम्मा भएको भन्दै लक डाउन वाट प्रभावित भीरकोटवासीलाई सहयोग गर्न चाहनेले मेगा वैक लिमिटेड वयरघारीमा रहेको नगरपालिकाको प्रकोप व्यवस्थापन कोष नामको खातामा रहक जम्मा गरी भौचर नगरपालिकामा ल्याउनको लागी प्रवत्ता केसीले

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • गल्याङ जेसिजद्वारा ७५ जना वृद्धवृद्धालाई सम्मान ।
  • सुमन गुरुङको उपचारका लागि आर्थिक सहयोग !
  • आप्रवासी परिवार हक हित मञ्च पश्चिम नवलपरासी र ईन्द्रेणी समाजिक…
  • सामुदायिक वन उपभोक्ता महासंघ स्थानिय महासंघ सरावल पश्चिम नवलपरासीको बैठक…
  • रूवाएर “कहिलै आँखा नभिजाउने” भन्छिउ – गजल
  • राप्तीमा ८ सहकारीले अनुदानको मल विक्रि वितरण गर्न पाउने
  • कांग्रेस वरिष्ठ नेता पौडेल पक्राउ
  • नेकपा सचिवालय बैठक २० मिनेट बसेर सकियो
  • विजनेश ईन्कुवेशन कार्यक्रमको कार्यालय उद्घाटन उद्यमशिलता बिकासमा योगदान पुग्ने विश्वास
  • रोटरी क्लव अफ बुटवलको २८ औं चार्टड नाइट सामाजिक क्षेत्रमा…