कोभिड १९ बाट बच्न हातधुने सामाग्री प्रदान

२ श्रावण २०७७, शुक्रबार ०   बिचार / प्रतिक्रिया


तिर्थराज ज्ञवाली -श्रावण २, मसुरीया९देउखुरी दाङ- राप्ती गाउँपालिकाको कार्यालयमा आउने सेवाग्राहि तथा कर्मचारीलाई कोभिड १९ बाट बच्न हातको सरसफाईको लागि हातधुने सामाग्री प्रदान गरिएको छ । वडा नम्बर ४ मौरीघाटमा रहेको मिलाप कृषि सहकारी संस्था,अष्ट्रेलियन एड, अष्ट्रेलिया कारितास र कारितास नेपालले हेन्डवास सहित खुट्टाको मदतले सेम्फु र पानी निकाल्न मिल्ने टंकि प्रदान गरेको हो ।

विश्व व्यापीरूपमा फैलिएको कोरोना भाइरस, कोभिड १९ को बढ्दो जोखिमलाई ध्यान दिदै स्वास्थ्य रक्षाको लागि हातधुने सामाग्री प्रदान गरिएको संस्थाकी अध्यक्ष रत्ना तिवारीले जानकारी दिनु भएको छ ।स्वास्थ्य सामाग्री बुझ्दै राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिले स्वास्थ्य सुरक्षाको लागि जागरुकका लागि हातधुने अत्याधुनिक पानी टंकी सहितको बेसीन प्रदान गरेकोमा वडा नम्बर ४ मौरीघाटमा रहेको मिलाप कृषि सहकारी संस्था र अष्ट्रेलियन एड, अष्ट्रेलिया कारितास र कारितास नेपाललाई धन्यवाद ज्ञापन गर्नु भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • रूपन्देहीको सियारीमा मेलमिलाप सम्बन्धी प्रशिक्षण
  • अब आफ्नै ठाँउमा केही गर्नुहोस् हामी साथ दिन्छौं नगर प्रबक्ता…
  • टिम नेपो नवलपरासीद्धारा बृक्षारोपण सम्पन्न
  • नयाँ नक्सासहितको पाठ्यपुस्तकको बिक्री खुला गर्न सरकारसँग नेविसंघको माग
  • जि पि के फाउण्डेशन अमेरिकाले निशुल्क दुग्धजन्य पदार्थहरू र फ्रोजन…
  • बुटवलको कोरोना अस्पतालमा एक संक्रमित पुरुषको मृत्यु
  • सानिमा जनरल इन्स्योरेन्सले असोज २१ गतेदेखि आईपीओ निष्काशन गर्ने
  • आज  बिहीवारको राशिफल
  • माघसम्म कोरोनाविरुद्धको भ्याक्सिन नेपाल आउन सक्ने
  • पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले रगत र आँखा अप्रेसन निशुल्क गर्ने