उद्योगी व्यवसायीले ५ प्रतिशत व्याजदरमा ऋण पाउने

२ श्रावण २०७७, शुक्रबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं, साउन २ : सरकारले कोरोना महामारीको मारमा परेका उद्योगी, व्यवसायीलाई ५ प्रतिशत व्याजदरमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने भएको छ। शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उद्योगी, व्यवसायीलाई ५ प्रतिशत व्याजदरमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने व्यवस्था मिलाइएको जानकारी दिएका हुन्।

कोरोना प्रकोपको कारण अर्थतन्त्रमा परेको असरलाई मध्यनजर राख्दै उत्पादन अभिवृद्धि, रोजगारी सिर्जना र उद्यमशिलता विकासका लागि बैंक तथा वित्तीय संस्थाबाट तोकिएका क्षेत्रमा ऋणीलाई ५ प्रतिशत ब्याजदरमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराइने उनले जानकारी दिए। उनका अनुसार उत्पादन अभिवृद्धि, रोजगारी सिर्जना र उद्यमशिलता विकासका लागि विद्यमान सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने राष्ट्र बैंकले जनाएको छ।

यस्तै, सहुलियतपूर्ण कर्जा प्रवाहमा प्रदेशगत सन्तुलन कायम गर्नुका साथै लक्षित क्षेत्र र वर्गमा कर्जामा पहुँच सुनिश्चित गर्ने उद्देश्यले वाणिज्य बैंकले कम्तिमा ५०० वा न्यूनतम प्रतिशाखा १० र राष्ट्रिय स्तरका विकास बैकले कम्तिमा तीन सय वा न्यूनतम प्रतिशाखा ५ मध्ये जुन बढी हुन्छ सोही संख्यामा कर्जा प्रवाह गर्नु पर्नेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • समाजिक सेवा दिवसको अवसरमा ओरेक नेपाल द्धारा अंन्तरकृर्या
  • नेपाली कांग्रेसका नेताहरु द्धारा राहत वितरण ।
  • संविधानसभा सदस्य पाण्डेय द्वारा पहिरो पीडित परिवारलाई आर्थिक सहयोग 
  • बाँकेमा कोरोनाका कारण थप दुई जनाको मृत्यु
  • नेटवर्किङ व्यवसायमा संलग्‍न २५ कम्पनी र ५० जना पक्राउ गर्न…
  • कालीगण्डकी पहिरो पीडितलाई सभासद पाण्डे र दियालो संस्थाको तर्फबाट नगद…
  • एनआरएनए लाई आइएलओको थप ५ करोड सहयोग
  • अमेरिकामा नेपाली राष्ट्रिय महिला सम्मेलनमा सहयोग गर्ने सबैलाई अध्यक्ष साह…
  • अध्यात्म ज्ञान : आफ्नो वास्तविक स्वरूपलाई कसरी चिन्ने ?
  • असोज २० देखि दशैंको अग्रिम टिकट बुकिङ खोल्न प्रस्ताव