अमेरिकाले बनाइरहेको कोरोना खोप ४५ जनामा परीक्षण, बढायो रोग प्रतिरोधक क्षमता

प्रकाशित मिति:

अमेरिकी बायोटेक कम्पनी ुमोडर्नाु ले ४५ जना स्वस्थ व्यक्तिमा गरेको कोरोना खोप परीक्षणले रोग प्रतिरोधक क्षमता बढाएको अनुसन्धाताहरूले बताएका छन्। न्यू इङ्ल्यान्ड जर्नल अफ मेडिसिनु मा मंगलबार प्रकाशित रिपोर्टअनुसार कोरोना भाइरसविरूद्धको उक्त सम्भावित खोप सुरक्षित देखिएको छ।

यो मोडर्नाले गरेको दोस्रो क्लिनिकल परीक्षण हो। यसअघि मार्च महिनामा पहिलो परीक्षण गरिएको थियो, जसमा आठ जना स्वस्थ व्यक्ति सामेल थिए। पहिलोपटक गरिएको उक्त मानवीय परीक्षणको नतिजा पनि सुरक्षित देखिएको र रोग प्रतिरोधक क्षमता बढाउन सफल भएको कम्पनीले जनाएको थियो।

कम्पनी अब तेस्रो चरणको मानवीय परीक्षण गर्ने तयारीमा छ, जुन पहिलो र दोस्रोभन्दा बृहत स्तरको हुनेछ।यही जुलाई २७ बाट सुरू हुने तेस्रो चरणको क्लिनिकल परीक्षणमा करिब ३० हजार व्यक्तिलाई खोप लगाइनेछ। यसबाट जे नतिजा निस्कन्छ, त्यसले कोरोना भाइरसविरूद्ध जारी वैज्ञानिक अनुसन्धानको भविष्य निर्धारण गर्नेछ।

मोडर्नाले एलर्जी तथा सरूवा रोगसम्बन्धी राष्ट्रिय अनुसन्धान संस्थाको सहयोगमा यो खोप परीक्षण गरेको हो। तीनै चरणको परीक्षणबाट सकारात्मक नतिजा आयो भने यो वर्षको अन्त्य वा २०२१ को सुरूबाट व्यापक प्रयोगमा ल्याइने मोडर्नाले जनाएको छ।

कोरोना महामारीसँग लड्न यो खोपले काम गर्छ कि गर्दैन भनेर छिटोभन्दा छिटो नतिजामा पुग्न संक्रमित बिरामी धेरै भएका ुहट स्पटु मा परीक्षण गर्नुपर्छ। मोडर्नाले आफ्नो तेस्रो चरणको परीक्षण त्यस्तै ठाउँमा गर्न खोजेको छ, जहाँ मान्छेहरू बढ्ता जोखिममा छन्।

चीनको वुहानबाट सुरू भएर संसारभरि फैलिएको कोरोना भाइरसले अहिलेसम्म झन्डै १ करोड ४० लाख जना संक्रमित भइसकेका छन् भने ५ लाख ९३ हजारको ज्यान गएको छ। पछिल्लो समय अमेरिका, ब्राजिल र भारतमा यो भाइरस व्यापक फैलिरहेको पाइन्छ। यसले विश्व अर्थतन्त्र ठप्प छ।

महामारी रोक्न र मान्छेलाई सामान्य अवस्थामा फर्काउन अमेरिका, युरोप, चीन लगायत विभिन्न मुलुकका दर्जनौं कम्पनी खोप बनाउने अनुसन्धानमा जुटेका छन्। प्रमाणित खोप र सुधारिएको उपचार प्रणालीले मात्र महामारीसँग लड्न मद्दत गर्ने वैज्ञानिकहरू बताउँछन्।

एउटा कम्पनीले मात्र संसारभरिलाई चाहिने अर्बौं डोज उत्पादन गर्न नसक्ने हुँदा एकभन्दा बढी खोप आवश्यक रहेको वैज्ञानिकहरूको भनाइ छ।

ुहामी सबै सुरक्षित नभएसम्म संसारका कोही सुरक्षित रहन सक्दैनौं,ु न्यूयोर्कको कोलम्बिया विश्वविद्यालयका भाइरल विशेषज्ञ डा। एन्जेला रसमुसेनले भनिन्, ुमहामारीले हामी मात्र प्रभावित छैनौं। संसारका सबै जना प्रभावित छन्।ु

कम्पनीले खोपको तीनवटा डोज परीक्षण गरेको छ — न्यून, मध्यम र उच्च। प्रारम्भिक नतिजा न्यून र मध्यम डोजको हो।

मेडिकल जर्नलमा प्रकाशित रिपोर्टअनुसार दोस्रो चरणको परीक्षणमा सामेल ४५ जना स्वस्थ व्यक्तिहरू १८ देखि ५५ वर्ष उमेरका थिए। उनीहरूलाई २८ दिनको अन्तरमा दुईवटा खोप लगाइएको थियो।

दोस्रो खोप लगाइसकेपछि ती व्यक्तिको रगतमा ‘एन्टिबडी’ विकास भएको थियो। उक्त एन्टिबडीलाई प्रयोगशाला परीक्षण गर्दा त्यसले शरीरभित्र कोरोना भाइरस फैलिनबाट रोक्न सक्ने देखिएको छ। कोरोना संक्रमित भएर निको भएका व्यक्तिको रगतमा जस्तो खालको एन्टिबडी पाइएको छ, यो खोप लगाएपछि पनि त्यस्तै एन्टिबडी विकास भएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार खोप लगाइएकामध्ये आधाभन्दा बढीमा केही ‘साइडइफेक्ट’ देखिएको थियो। खासगरी खोप लगाइएको पाखुराको भाग दुख्नुका साथै रिंगटा लाग्ने, टाउको दुख्ने, जीउ दुख्ने र जाडो हुनेजस्ता लक्षण देखिएका थिए। केहीलाई भने ज्वरो पनि आएको थियो।

थोरै डोजको खोप लगाइएको एक जना व्यक्तिको शरीर सुन्निएपछि उसलाई परीक्षणबाट झिकिएको थियो। यी कुनै पनि साइडइफेक्ट गम्भीर नभएको अनुसन्धाताहरूले बताएका छन्।

भाइरल विज्ञहरू भने यो परीक्षणको नतिजा सकारात्मक भए पनि यसलाई प्रारम्भिक मात्र मान्छन्।

ुशरीरमा एन्टिबडी विकास भयो भन्दैमा भाइरस संक्रमण हुँदै हुँदैन भन्ने ग्यारेन्टी छैन,ु डा। रसमुसेनले भनिन्, ुयो खोपले संक्रमणबाट पूरै सुरक्षित नगरे पनि यसले कोरोना लागेर सिकिस्त हुने वा ज्यान जाने डर कम हुन सक्छ।ु

उत्पादक कम्पनी मोडर्नाले यो खोप मुसाहरूमा पनि परीक्षण गरेको थियो। यस क्रममा सबभन्दा पहिला केही मुसालाई खोप लगाइएको थियो। त्यसपछि तिनै मुसालाई कोरोना भाइरसबाट संक्रमित गराइयो।

यसरी संक्रमित गराउँदा मुसाको जीउभरि भाइरस फैलिनबाट रोकिएको थियो। खोप लगाइएका मुसामा पनि भाइरससँग लड्न एन्डिबडी विकास भएको कम्पनीले जनाएको छ।

@setopati