व्यवसाय, घर, गाडी कर्जामा एनआईसीको ०.२५ प्रतिशत सेवा शुल्क

२ श्रावण २०७७, शुक्रबार ०   बिचार / प्रतिक्रिया
19 Shares


२ साउन,बुटवल । एनआईसी एशिया बैंकले घर, गाडी र व्यवसाय कर्जा प्रवाह गर्दा ०.२५ प्रतिशत मात्र सेवा शुल्क लिने घोषणा गरेको छ । कोरोना महामारीका कारण थला परेको अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्यले विगतमा लिंदै आएको १ प्रतिशत सेवा शुल्क घटाएर शुन्य दशमलव २५ प्रतिशत मात्रै बनाएको बैंकको प्रदेश ५ कार्यालय बुटवलले जनाएको छ । बैंकले सुपर चमत्कारिक घर कर्जा, सुपर चमत्कारिक सवारी कर्जा र सुपर चमत्कारिक व्यवसाय कर्जा योजना पनि सार्वजनिक गरेको छ । अधिकतम १ करोड ५० हजार रुपैयांसम्म ऋण पाइने यो योजनामा बैंकले ८.२५ प्रतिशत ब्याजदर तथा ०.२५ प्रतिशत प्रशासनिक शुल्क (सेवा शुल्क) लिने बैंकका प्रदेश ५ कार्यालय प्रमुख तिलकसुन्दर कार्कीले बताए ।

कोरोनाले प्रभावित साना तथा मझौला उद्योग व्यवसायलाई प्रोत्साहन गर्न यही साउन १ गतेदेखि सुपर चमत्कारिक व्यवसाय कर्जा योजना ल्याएको बैंकले जानकारी दिएको छ ।यो योजनामा उद्योगी तथा व्यवसायीहरुले आफ्नो व्यवसायको आवश्यकता अनुसार आवधिक कर्जा तथा ओभरड्राफ्ट मिश्रित रुपमा उपभोग गर्न सक्ने छन् ।

यो ऋणको अधिकतम सीमा १ करोड तोकिएको छ । सुपर चमत्कारिक घर कर्जा अन्तर्गत घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण, घर निर्माण गर्नका लागि जग्गा खरिद जस्ता कामका लागि ऋण लिन सकिने र ब्याजदर एक वर्षसम्म परिवर्तन नहुने कार्कीले जानकारी दिए । यसरी ऋण लिँदा ऋण चुक्ता गर्ने अवधि पाँच देखि ३० वर्षसम्म हुने उनले बताए । घर कर्जा योजनामा कार्कीले बताए ।
घर निर्माण गर्नेको हकमा बैंकले निर्माण लागतको शत प्रतिशतसम्म ऋण दिन सक्ने छ । घर निर्माणका लागि अधिकतम ५ वर्षसम्म ऋणीले ब्याज मात्र तिरे पुग्ने र ऋणको वार्षिक किस्ता ऋणी आफैले निर्धारण गरेर पनि तिर्न सक्ने बैंकका प्रदेश प्रमुख कार्कीले बताए ।

सुपर चमत्कारिक सवारी कर्जा अन्तर्गत रातो प्लेटका निजी तथा व्यवसायका लागि सवारी र विद्युतीय सवारीका लागि अधिकतम २ करोडको ऋण दिन सकिने बैंकले जनाएको छ । यस्तो ऋण लिंदा सवारी धितो राखेमा ऋणको अवधि १० वर्षको र सवारी र घजग्गा सयुक्त धितो राखेमा १५ वर्षको अवधि हुने छ । सुपर चमत्कारिक कर्जा योजनामा आवश्यक कागजपत्र पुगेपछि ४८ घण्टाभित्र निर्णय दिने बैंकले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया