श्रीमानले बलात्कार गरे, श्रीमतीले १० लाख मागिन् !

२ श्रावण २०७७, शुक्रबार ०   बिचार / प्रतिक्रिया


विराटनगर । बलात्कारको आरोपमा मोरङ प्रहरीले पूर्वप्रहरीसहित दुई जनालाई पक्राउ गरेको छ ।जवरजस्ती करणी गरेर ‘ब्लाकमेलिङ’ गरेको आरोपमा विराटनगर–१२ बखरीका ५० वर्षीय नयन श्रेष्ठ र उनका भाइ नाता पर्ने ४० वर्षीय ज्योति श्रेष्ठलाई पक्राउ गरेको हो । पक्राउ परेका नयन पूर्वप्रहरी सहायक निरिक्षक हुन् भने श्रेष्ठ काडमाडौं सेक्युरिटी कम्पनीका सञ्चालक हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार २०७६ फागुन ३ गते सेक्युरिटी कम्पनीको अफिसमा बोलाएर नयनले बलात्कार गरेको जाहेरी गरेको थियो । त्यसको अनुसन्धानक क्रममा नयन र श्रेष्ठलाई पक्राउ गरिएको डीएसपी राईले बताए ।ब्लाकमेलिङको आरोप लागेकी नयनकी श्रीमती भने फरार छिन् ।

पीडित युवतीले प्रहरीलाई दिएको बयानका अनुसार विराटनगर घर भएकी युवतीलाई नयनले फागुन ३ गते श्रेष्ठको अफिसमा बोलाएका थिए । विराटनगर मुनालपथस्थित काठमाडौं सेक्यूरिटी कार्यालयमा पुगेकी उनलाई नयनले बलात्कार गरे भने श्रेष्ठले भिडियो बनाए ।

त्यही भिडियो देखाएर श्रेष्ठले ‘जे भन्यो त्यही मान्नुपर्छ’ भन्दै युवतीलाई धम्की दिएको उनले दाबी छ । उनका अनुसार १२ असारमा भने नयनकी श्रीमती रसिला श्रेष्ठले त्यही भिडियो देखाएर बार्गेनिङ गरिन् । सुरुमा घरजग्गा आफ्नो नाममा पास गरिदिन भनेकी रसिलाले पछि दश लाख रुपैयाँ दिए भिडियो डिलिट गर्ने बताएको पीडित युवतीले बयान दिएकी छन् ।

घटना भएको पाँच महिनापछि मात्र जाहेरी परेकाले सूक्ष्म अनुसन्धान भइरहेको डिएसपी राईले बताए । पीडित भनिएकी युवतीलाई मोरङ प्रहरीले डेढ वर्ष अघि मात्र जवरजस्ती करणी उद्योगमा मुद्दा चलाएको थियो । विराटनगर बाहिरबाट युवती बोलाएर जवरजस्ती बेस्यावृतीमा लगाएको जाहेरी परेपछि तत्कालिन मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले पक्राउ गरेर कारबाही अघि बढाएका थिए । तर जिल्ला अदालत मोरङले उनलाई ३० हजार रुपैयाँ धरौटीमा छाडेको थियो ।

डीएसपी राईका अनुसार ब्लाकमेलिङमा प्रयोग भएको भनिएको भिडियो अहिलेसम्म भेटिएको छैन । ‘जाहेरी दिने युवतीमाथि यसअघि पनि मुद्दा चलेको छ’ उनले भने, ‘पछिल्लो घटनामा बलात्कार हो होइन भन्ने अनुसन्धान गर्दैछौं ।’

@onlinekhabar

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • कालीगण्डकीमा नेकपामा पहीरो । युवाहरु सामुहीक रुपमा कांग्रेसमा प्रवेश
  • बरियारपट्टी गाउँपालिकाको सम्पुर्ण बिधालयहरु संचालनमा आए पछि : विद्यार्थीहरुमा खुशीयाली
  •  जोन ६३ को एडभाइजर कमिटीको प्रथम बैठक सम्पन्न
  • कञ्चन जेसिजको स्वास्थ्यका लागि खेलकुद प्रतियोगिता सम्पन्न
  • चाटर्स डेमा विभिन्न कार्यक्रम
  • करणी उद्योगको झुठ्ठा जाहेरी दिलाउने पक्राउ
  • ४ दिन पहिला परेको वर्षाले तरकारीका बोट नष्ट । जिल्लाका…
  • कपिलबस्तुको कृष्णनगर हुँदै भारततर्फ लाँदै गरेको साढे सात किलो लागूऔषध…
  • दोब्बर भाडा लिने सवारी प्रहरीे फन्दामा
  • विद्यालय खुलेसंगै स्वास्थ्य मापडण्डका वारेमा अनुगमन सुरु