प्याब्सन द्वारा सामाजिक विकास मन्त्री र मेयरलाई ज्ञापनप 

प्रकाशित मिति:

बुटवल,२ साउन । शिक्षक, कर्मचारीहरुको तलब भत्ता रोक्ने र बेतलवी बिदामा राख्ने लगायतका प्याब्सन र एन् प्याब्सनका निर्णय फिर्ता लिनुपर्ने माग गर्दै निजी तथा संस्थागत विद्यालय शिक्षक कर्मचारी युनियन प्रदेश ५ ले सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।

युनियनले शुक्रबार प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराल तथा बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकालाई ज्ञापन पत्र बुझाएको हो । युनियन प्रदेश ५ का अध्यक्ष लेखनाथ पौडेल र इन्चार्ज हरिप्रसाद पौडेल नेतृत्वको टोलीले विभिन्न मागसहितको ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझ्दै सामाजिक विकास मन्त्री सुदर्शन बरालले निजी विद्यालयका शिक्षक, कर्मचारीहरुका समस्याको निकास निकाल्न प्रदेश सरकार र व्यक्तिगत तर्फबाट पहल गर्ने प्रतिवद्वता जनाएका छन् ।

कोरोना भाइरसका कारण सबै क्षेत्र प्रभावित भएको अवस्थामा प्रदेश सरकार प्रभावित सबै क्षेत्रको माग सम्बोधन गर्ने पक्षमा रहेको मन्त्री बरालको भनाइ छ ।
कोरोना भाइसरको बेलामा शिक्षक कर्मचारीलाई विद्यालयबाट राहत, विमा जस्ता सेवा सुविधा दिनुपर्नेमा खाइपाइ आएको तलवसमेत रोकेर प्याब्सन र एन् प्याब्सनले श्रमिक र उनीहरुका आश्रित परिवारको गास खोस्ने काम गरेको शिक्षक, कर्मचारीहरुको गुनासो छ । युनियनले मासिक सेवा सुविधा तत्काल उपलब्ध गराउन सरकार र निजी तथा संस्थागत विद्यालयहरुसंग माग गरेको छ