रामचन्द्र पौडेलको आग्रह कुनै गुटमा नलाग्नुहोस ।

प्रकाशित मिति:

३ साउन, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औं महाधिवेशनमा कसैको गुटमा नलाग्न कार्यकर्ताहरुलाई आह्वान गरेका छन् । उनले देउवा वा पौडेल पक्ष कसैसँग नटासिन कार्यकर्ताहरुलाई आग्रह गरे ।

शनिबार बिहान काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा पौडेलले भने, ‘अब चौधौं महाधिवेशनमा प्रजातान्त्रिक अभ्यास राम्रोसँग गरौं । ज्यादा मेरो पक्ष र तेरो पक्षमा नटासियौं कोही पनि । मैले सबैलाई भनेको छु, तपाईंले देउवालाई पनि नसमात्नुस्, पौडेललाई पनि नसमात्नुस् । कांग्रेस समात्नुस्, रुख समात्नुस्, लोकतन्त्र समात्नुस्, संघीय लोकतान्त्रिक गणतन्त्र समात्नुस् ।’ गुटगत राजनीति त्यागेर राष्ट्रप्रति इमान्दार हुनुपर्ने उनको आग्रह थियो । उनले कांग्रेसप्रति जनतामा गलत सन्देश गएको बताउँदै त्यसलाई चिर्नुपर्ने बताए ।

कांग्रेस मिसअन्डरस्ट्यान्डिङको शिकार भएको छ । कांग्रेसप्रति जनतामा गलत सन्देश गएको छ,’ नेता पौडेलले भने कांग्रेसभित्र निष्ठा भएका, सदाचार भएका, स्वच्छ इमेज भएका सम्पूर्ण मानिसहरु हुँदाहुँदै पनि कांग्रेसको इमेज जनतामा राम्रो भएन । उनले भने, ‘पार्टीले चुनाव हार्नु हुन्थेन । किनभने संविधान ल्याउने यो पार्टी, गणतन्त्र ल्याउने नेतृत्वले यसले गर्ने । त्यसको कार्यान्वयन गर्ने बेला कम्युनिष्टको हातमा जाने । यो विडम्बनाबाट देशलाई मुक्ति दिनुपर्छ ।’कार्यक्रममा कांग्रेस नेता उदयशमसेर राणाले, सरकारले जनअपेक्षा अनुरुप काम नगरेको भन्दै आलोचना गरे । कार्यक्रममा बिभिन्न मितिमा सगरमाथाको सफल आरोहण गरेकाहरुलाई कांग्रेस प्रवेश गराइएको थियो ।@onlinekhabar