६२ बर्षकि तिवारी आमा र पुर्खे बाको तिजगित पानी मरुवा २ सार्वजनिक

प्रकाशित मिति:

बुटवल ।हास्यकलाकार पुर्खे बाका नामले रंग क्षेत्रमा परिचित पुरूषोत्तम भण्डारीले नयाँ तीज गीत बजारमा ल्याएका छन् । अघिल्लो बर्ष ल्याएको पानी मरूवाको भाग २ बजारमा ल्याएका हुन् । स्वर आफूलगायत लक्ष्मी तिवारी र निश्चल सुनारको शब्दमा रहेको उक्त गीत आफ्नै युट्युवमार्फत आज सार्वजनिक गरेका हुन्।

गितमा बिशेषगरी बाबू आमाको दु ख र बिहे गरेर गएका छोरीहरु घरमा सुखले बसे पनि माइतमा बाउ आमलाई सधै पिरले सताउने कथाबस्तु समेटीएकोे छ । गीतको लेखन र अभिनयमा समेत देखिएका पुर्खे बाको यो गीतको निर्माण प्रकाश भट्टराई र चम्पा कुँवरले गरेका हुन्