शितलको ‘शितलु’ले तहल्का पिट्दै

३ श्रावण २०७७, शनिबार ०   बिचार / प्रतिक्रिया


बुटवल – पछिल्लो समय नेपाली गित संगितको बजार तात्न थालेको छ । साउन सुरु भए एता तिजका गित सबैको रेडियो , टिभी तथा विभिन्न माध्यम बाट सबैको मनस्पतलमा गुञ्जिन सुरु गरेका छन । यो संगै गायिका शितल शर्मा र गायक प्रकाश पराजुलीको ‘शितलु’ बाबाले सारेको वर बजारमा आएको छ । हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको अबसरमा शर्मा र पराजुलीको आवाजमा रहेको तीज गीत “शितलु” भिडियोसहित सार्वजनिक भएको हो ।

नवराज पन्तको शब्द तथा गायक स्वयम् पराजुलीको संगीत रहेको गीतमा शिवन पोखरेल र टिकटक बाट चर्चामा रहेकी गरिमा शर्मा , रबिन लामिछानेको अभिनय तथा नृत्य रहेको छ ।

गीतमा मौसम हिमालीको निर्देशन रहेको छ । छन् भने छायाँकन करण चैसिरको रहेको छ। संगीत संयोजन बिनोद बाजुराली तथा भिडियो सम्पादन मनोज कार्कीको रहेको छ।

हेर्नुहोस भिडियो : – 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया