लायन्स क्लव अफ कञ्चन हरैयाद्धारा बृक्षारोपण

३ श्रावण २०७७, शनिबार ०   बिचार / प्रतिक्रिया


३ असार,कञ्चन- लायन्स कलव अफ कञ्चन हरैया रुपन्देहीले आफ्नो बार्षिक कार्ययोजना अनुसार बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । लायन्स क्लव अफ इन्टरनेशनल ३२५ बि २ का मल्टीपल काउन्सिल चियर पर्सन सुनिल ओझाको प्रमुख आतिथ्यतामा कञ्चन गाउपालिकामा वडा नं। ४ मा रहेको रुद्रेश्वर महादेवको मन्दिर परिसर,रुद्रपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको कार्यलय परिसर,कञ्चन ३ मा रहेको धमिनाताल सामुदायिक बन उपभोक्ता समूहको बन क्षेत्र भित्र निर्माण गरिएको सुपा देउराली मन्दिर परिसर र ऐतिहासिक पुरातात्विक स्थलको रुपमा रहेको मलावर देबी मन्दिर परिसरमा औषधिय गुणका बिभिन्न प्रजातीका बिरुवाहरुको रोपण गरिएको थियो ।

बृक्षारोपण कार्यक्रममा सहभागी लायन्स सदस्य तथा स्थानियहरुलाई सम्बोधन गर्दै लायन्स क्लव अफ इन्टरनेशनल ३२५ बि २ का मल्टीपल काउन्सिल चियर पर्सन सुनिल ओझाले लायन्स क्लव ब्यबसायिक क्षेत्रमा लागेका समाजसेवा प्रति रुची राख्ने ब्यबसायी तथा सामाजिक भावना भएका हरेक युवाहरुको लागि महत्वपुर्ण संस्था भएको बताउनु भएको छ।यस क्लवमा कसैले कहीबाट सहयोग नदिने तर लायनस प्रति आस्थावान सहयोगी र लायन्सहरुले आफ्नो कमाइबाट केही प्रतिशत झिकेर समाजको लागि योग्दान गर्ने बताउदै ओझाले लायन्सहरुको एउटै बचा भनेको दिनदुखी र दुख पाएकाहरुको सेवा गर्नु भएको बताउनु भएको थियो ।

लायन्स क्लव अफ इन्टरनेशनल ३२५ बि २ एरिया ४ का एरिया चिफ पुररुषोत्तम प्रधानाङ्गले लायन्सहरु सेवाको भावले समाजमा कार्य गर्ने भएकोले हरेक लायन्सहरु समाजसंग नजिक रहने बताउनु भएको थियो ।यसैगरी रिजन ३२का चियर प्रसन शिवलाल उपाध्याय,जोन ६३ का चियर प्रसन ओमकार अचार्य,कञ्चन गाउपालिका वडा नं। ५ का वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारी,रुद्रपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष दिनानाथ आचार्य,इलाका प्रहरी कार्यलय रुद्रपुरका इन्चार्ज प्रहरी निरीक्षक इन्द्रलाल चौधरी,शसस्त्र प्रहरी बल लोण्डिहवा बेसकयाम्पका सशस्त्र प्रहरी निरीक्षक गंगा के।सी। लगायतले बृक्षारोपण र त्यसको सान्दर्भिकताका बारेमा आ आफ्नो धारण ब्यक्त गर्नु भएको थियो ।

लायन्स क्लव अफ कञ्चन हरैया, बर्ष २०२०र०२१ का अध्यक्ष राम बहादुर थापाको अध्यक्षता,बर्ष २०१९०२०का अध्यक्ष दुर्गा सिंह क्षेत्रीको स्वागत तथा सचिव गणेश आचार्यको संचालनमा भएको बृक्षारोपण कार्यक्रममा जडीबुटीजन्य बिरुवाहरु रुद्राक्ष,बर पिपल,अमला,कागती,जामुन,तांकी,बेल,आंप तथा अम्वा लगायतका बिरुवाहरुको बृक्षारोपण गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • नयाँ नक्सासहितको पाठ्यपुस्तकको बिक्री खुला गर्न सरकारसँग नेविसंघको माग
  • जि पि के फाउण्डेशन अमेरिकाले निशुल्क दुग्धजन्य पदार्थहरू र फ्रोजन…
  • बुटवलको कोरोना अस्पतालमा एक संक्रमित पुरुषको मृत्यु
  • सानिमा जनरल इन्स्योरेन्सले असोज २१ गतेदेखि आईपीओ निष्काशन गर्ने
  • आज  बिहीवारको राशिफल
  • माघसम्म कोरोनाविरुद्धको भ्याक्सिन नेपाल आउन सक्ने
  • पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले रगत र आँखा अप्रेसन निशुल्क गर्ने
  • कालीगण्डकीमा नेकपामा पहीरो । युवाहरु सामुहीक रुपमा कांग्रेसमा प्रवेश
  • बरियारपट्टी गाउँपालिकाको सम्पुर्ण बिधालयहरु संचालनमा आए पछि : विद्यार्थीहरुमा खुशीयाली
  •  जोन ६३ को एडभाइजर कमिटीको प्रथम बैठक सम्पन्न