मुस्ताङ–बेनी सडकखण्डमा पहिरो, चार दिनदेखि सडक अवरुद्ध

३ श्रावण २०७७, शनिबार ०   बिचार / प्रतिक्रिया


पोखरा । मुस्ताङको थासाङ–४ अन्तर्गत पर्ने काभ्रेभिरमा कालीगण्डकी नदीले कटान गरी पहिरो जाँदा सडक अवरुद्ध बनेको छ । निरन्तर वर्षाका कारण बहाव बढेको कालीगण्डकीले भिर कटान गर्दा चार दिन अघिदेखि मुस्ताङ–बेनी सडकखण्ड अवरुद्ध हुन पुगेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।

सडक अवरुद्ध भएको ठाउँ म्याग्दी र मुस्ताङको सिमानामा पर्ने जिल्ला प्रशासन कार्यालय मुस्ताङका सिडिओ वेदप्रसाद अर्यालले जानकारी दिए । ‘कालीगण्डकीको बहावले गर्दा काभ्रेभिरमा क्षति पुगेको छ,’ उनले अनलाइनखबरसँग भने, ‘पहिरोले कालीगण्डकी थुनिएको भन्ने म्याग्दीबासीमा त्रास छ । तर, त्यसो होइन । क्षति पुर्‍याउने देखिँदैन ।’
पहिरोले मुस्ताङ–बेनी सडकखण्ड अवरुद्ध भएपछि शुक्रबारबाट नेपाली सेनाले पहिरो हटाउने काम गरिरहेको अर्यालले जानकारी दिए । ‘मान्छे हिँड्न मिल्छ । तर, सवारी साधन हिँड्न सक्ने अवस्था छैन,’ उनले भने, ‘पहिरो हटाउन नेपाली सेनाको टोली परिचालन भइसकेको छ ।’ उनले आइतबार बिहानसम्म उक्त सडक खण्डमा परेको पहिरो हटाइसक्ने जानकारी दिए ।

बाटोको पहिरो हटाउन नेपाली सेनाको टोली, म्याग्दी र मुस्ताङका जनप्रतिनिधिसहितको टोली खटिएको सिडिओ अर्यालले बताए । पहिरो हटाउन दुई वटा जेसिभी प्रयोग गरिएको छ ।

कालीगण्डकी थुनिएको भनेर भ्रामक प्रचार नगर्नसमेत उनले आग्रह गरे । ‘मान्छे नभएको ठाउँमा नदीले कटान गरेको हो । जनधनको क्षति भएको छैन र कालीगण्डकी थुनिने सम्भावना पनि छैन,’ उनले भने ।

@onlinekhabar

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण
  • डा. केसीका मागप्रति नेविसंघको ऐक्यवद्धता, जीवन रक्षाको माग
  • रुपन्देहीको सियारीमा लालपूर्जा वितरण
  • प्रदेश पाँचका रेडिमिक्समा १५० करोड लगानी
  • राप्तीमा स्वास्थ्यको वार्षिक समिक्षा पुर्ण उपलब्धिमा कोभिड १९ बाधक
  • वामी नमूना समाजको तेश्रो अधिवेशन जापानमा सम्पन्न
  • कोभिडबाट संक्रमण मुक्त भएकाले के–के कुरामा ध्यान दिनु पर्छ ।
  • बाढीले जिप बगाउँदा बेपत्ता भएका विद्युत प्राधिकरणका कर्मचारीको शव फेला
  • पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता भएकामध्ये तीनजनाको शव भेटीयो
  • चाडपर्वका बेला भारत आवतजावतमा रोक लगाइने