पाल्पा सडक खण्ड अपडेट: पहिरो हटाएर सुचारु हुन नपाउदै फेरी गयो अर्को ठाउमा पहिरो

४ श्रावण २०७७, आईतवार ०   बिचार / प्रतिक्रिया


बुटवल / शुक्रबार रातीदेखि अवरुद्ध सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–तानसेन सडक खण्डको एउटा पहिरो हटाएर नसकिंदै अर्को पहिरो खसेको छ । शुक्रबार राती तानसेन नगरपालिका–८ मा पर्ने गौडेपुल नजिकै खसेको पहिरो हटाएर सडक सुचारु नहुँदै सोहीसडक खण्डको दोभान सिद्धबाबा नजिकै नाग ढुङ्गा भन्ने स्थानमा पहिरो खस्दा सडक थप अवरुद्ध भएको छ ।

२ स्थानमा पहिरो खसेको कारण बिगत २ दिन देखि अवरुद्ध बुटवल पाल्पा खण्डको सडक आज पनि नखुल्ने भएको छ ।पहिरो हटाउन सडक डिभिजन कार्यालय बुटवलबाट डोजर गएका छन् । प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले गौडे पुलमा गएको पहिरो हटाउन आज दिनभर नै लाग्ने जनाएको छ । अवरुद्ध सडक खुलाउनका लागि पाल्पातर्फबाट एक लोडर तथा बुटवतर्फबाट एक लोडर र एस्काभेटर प्रयोग भएपनि माटो झर्ने क्रम नरोकिँदा सडक खुल्न समय लाग्ने भएको हो ।

शुक्रबार खसेको पहिरोले लु १ क ११७५ नम्बरको ट्रक परेको थियो । पहिरोले ट्रक पुुुरिए पनि कुनै मानविय क्षति भने भएको थिएन । पहिरो हटाउने कार्य जारी रहेको र पहिरो निरन्तर झरिरहेकोले गर्दा अवस्था जोखिमपुर्ण रहेको छ ।सडक सुचारु नहुँदा सम्म सो सडक भएर यात्रा गर्नुपर्नेहरुले यात्रा तय नगर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • शैक्षिक क्षेत्रमा पारेको विकराल समस्याका सवालमा सरकार संचालकहरु चिन्तित नभएको…
  • भैरहवामा मनाइयो चीनको ७१ औं राष्ट्रिय दिवस
  • नेविसंघ द्धारा तिलोत्तमा नगरपालीकाको शिक्षा शाखा शिल
  • सांसद मल्ल द्धारा विर्घाका पहीरो पिडीतलाई आर्थिक सहयोग
  • रूपन्देहीको सियारीमा मेलमिलाप सम्बन्धी प्रशिक्षण
  • अब आफ्नै ठाँउमा केही गर्नुहोस् हामी साथ दिन्छौं नगर प्रबक्ता…
  • टिम नेपो नवलपरासीद्धारा बृक्षारोपण सम्पन्न
  • नयाँ नक्सासहितको पाठ्यपुस्तकको बिक्री खुला गर्न सरकारसँग नेविसंघको माग
  • जि पि के फाउण्डेशन अमेरिकाले निशुल्क दुग्धजन्य पदार्थहरू र फ्रोजन…
  • बुटवलको कोरोना अस्पतालमा एक संक्रमित पुरुषको मृत्यु