मेलम्चीको सुरुङ परीक्षण रोकियो

४ श्रावण २०७७, आईतवार ०   बिचार / प्रतिक्रिया


काठमाडौं, साउन ४ : मेलम्ची खानेपानी आयोजनाको १७ नं। गेट भत्किएपछि सुरुङ परीक्षण रोकिएको छ।  असार ३० गते मेलम्चीको मुहानस्थल हेलम्बु गाउँपालिका १ अम्बाथानको सुरुङको १७ नं। गेट भत्किएको थियो। गेट भत्किदा दुई जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए। दुर्घटनामा २७ वर्षीय इञ्जिनियर सतिस गोइत र ५६ वर्षका गाडी चालक राधाकृष्ण थापाको मृत्यु भएको थियो ।

त्यस्तै, इञ्जिनियर शेखर खनाल र प्राविधिक पेमादोर्जे तामाङ घाइते भएका थिए। उनीहरुको उपचार भइरहेको छ। उनीहरु अनुगमनका लागि सुरुङभित्र पसेका थिए। सुरुङभित्र रहेकै वेला गेट भत्किएपछि गाडीसहित बगाएको थियो। त्यसपछि आयोजनाले सुरुङमा पानी परीक्षण गर्ने कार्य रोकेको जनाएको छ। तत्कालका लागि परीक्षण रोकिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेश खत्रीले बताए। अहिले घटनाको छानबिन भइरहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • देशभर सक्रिय संक्रमितको संख्या २० हजार ३९६ पुग्यो, आज थपिए…
  • बझाङ घटनालाई गम्भीर रुपमा लिएको छु : सभामुख सापकोटा
  • समाजिक सेवा दिवसको अवसरमा ओरेक नेपाल द्धारा अंन्तरकृर्या
  • नेपाली कांग्रेसका नेताहरु द्धारा राहत वितरण ।
  • संविधानसभा सदस्य पाण्डेय द्वारा पहिरो पीडित परिवारलाई आर्थिक सहयोग 
  • बाँकेमा कोरोनाका कारण थप दुई जनाको मृत्यु
  • नेटवर्किङ व्यवसायमा संलग्‍न २५ कम्पनी र ५० जना पक्राउ गर्न…
  • कालीगण्डकी पहिरो पीडितलाई सभासद पाण्डे र दियालो संस्थाको तर्फबाट नगद…
  • एनआरएनए लाई आइएलओको थप ५ करोड सहयोग
  • अमेरिकामा नेपाली राष्ट्रिय महिला सम्मेलनमा सहयोग गर्ने सबैलाई अध्यक्ष साह…