सांसद वन्न लागेकी सुवर्ण ज्वारचनको सपथ आज

प्रकाशित मिति:

४ साउन, काठमाडौं । नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएपछि रिक्त स्थानमा सुवर्ण ज्वारचन सांसद बन्ने भएकी छन् ।गुल्मीकी ज्वारचनलाई आइतबार दिउँसो दुई बजे सभामुख अग्नि सापकोटाले सांसद पदको सपथ ग्रहण गराउने कार्यक्रम छ । समानुपातिक सांसद छन्त्यालको गत असार १७ गते निधन भएको थियो ।

सामानुपातिक तर्फको कुनै सांसदको निधन भएमा सोही सामावेशी समूहअन्तर्गत पार्टीले निर्वाचन अयोगमा बुझाएको बन्दसूचीको पहिलो नम्बरमा रहेको व्यक्ति स्वतः सांसद बन्न पाउने व्यवस्था छ । कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिकको सूचीमा छन्त्यालपछि ज्वारचनको नाम छ । त्यसैले छन्त्यालको निधन भएपछि रिक्त सांसद पदमा ज्वारचनले अवसर पाएकी हुन् ।