सांसद ज्वारचनले लिइन् सपथ

प्रकाशित मिति:

काठमाडौं, साउन ४ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद सुवर्ण ज्वारचनले पद तथा गोपनीयताको सपथ लिएकी छिन्।

सिंहदरबारस्थित कृषि समितिको हलमा आइतबार दिउँसो सभामुख अग्निप्रसाद सापकोटाले ज्वारचनलाई सांसद पदको सपथ ग्रहण गराएका हुन्। समानुपातिक कोटामा सांसद बनेकी ज्ञानकुमारी छन्त्यालको निधन भएपछि रिक्त पदमा ज्वारचन सांसद बनेकी हुन्।

समानुपातिक सांसद छन्त्यालको गत असार १७ गते उपचारका क्रममा सहिद गंगालाल हृदयरोग केन्द्रमा निधन भएको थियो।