नेविसंघ नेत्री बराल हिरो अवार्ड बाट सम्मानित

प्रकाशित मिति:

बुटवल – नेपाल बिद्यार्थी संघकी नेत्री इ. बिद्या बराल हिरो अवार्डबाट सम्मानित भएकी छन् । बिश्वमै कोरोनाले तहल्का पिटिरहेको बेला पनि आफु मानवीय कार्यको क्षेत्रमा समर्पित हुँदै अग्रगामी योगदान गरेको भन्दै बराललाई अमेरिकाबाट हिजो अवार्डबाट सम्मानित गरिएको हो।

मानवीय सेवामा कटिबद्ध बराल कोरोना भाईरसले बिश्वनै आक्रान्त भईरहेका बेला कोभिड प्रभावितहरुलाई आफ्नो गृह जिल्ला कास्कीका विभिन्न ठाउँमा राहत बितरण गर्नुका साथै जनचेतनात्मक कार्यक्रम सम्पन्न गरेकी थिइन ।  बराल किशुनजी अध्ययन केन्द्रकी केन्द्रीय सदस्य एबम  ने बि संघ पोखरा बिश्वविद्यालयकी  सह-संयोजक हुन । उनले बिगत देखीनै दिन दुखीको मलमपट्टी लगाउने काम गर्दै आएकी थिइन ।