मृत्यु भएका बृद्धको परिवारका सबैमा कोरोना संक्रमण

४ श्रावण २०७७, आईतवार ०   बिचार / प्रतिक्रिया


४ साउन, सप्तरी । सप्तरीमा मृत्यु भएका कोरोना संक्रमित बृद्धको परिवारका सबैजना सदस्यमा कारोना संक्रमण पुष्टि भएको छ ।राजविराजका ७२ वर्षीय बृद्वको गत बिहीबार राति कोरोना संक्रमण पुष्टि भएको दुई घण्टामै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा मृत्यु भएको थियो । मृत्यु भएका बृद्धकी पत्नी, छोरा, बुहारी र नाति, नातिनामासमेत कोरोना पुष्टि भएको राजविराज नगरपालिका ६ का अध्यक्ष प्रेम यादवले जानकारी दिए । संक्रमण देखिएका सबैलाई आइसोलेसनमा ल्याउने तयारी भइरहेको उनको भनाइ छ

मृतक बृद्धको परिवार दुई साताअघि भारतबाट फर्किका थिए । मृतकले आफ्नी पत्नीलाई उपचार गराउन गत फागुनमै परिवारसहित भारत गएका थिए । घर र्फकेपछि गत मंगलबार ७२ वर्षीय बृद्वलाई साँस फेर्न गाह्रो हुँदा उपचारका लागि धरान लगिएको थियो । तर, धरानमा पीसीआर टेस्ट गराउँदा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । बिहीबार राति ८ बजे पोजेटिभ कोरोना संक्रमण पुष्टि भएका उनको सोही राति १० बजे मृत्यु भएको थियो ।

उनको मृत्यु भएपछि उनको परिवारका सबैजनाको स्वाब संकलन गरी राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा परीक्षण गरिएको थियो । उनको पसलका कर्मचारीको समेत स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको वडाध्यक्ष यादवले बताए । तर उनीहरुको रिपोर्ट आइसकेको छैन् ।@onlinekhabar

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • संविधानसभा सदस्य पाण्डेय द्वारा पहिरो पीडित परिवारलाई आर्थिक सहयोग 
  • बाँकेमा कोरोनाका कारण थप दुई जनाको मृत्यु
  • नेटवर्किङ व्यवसायमा संलग्‍न २५ कम्पनी र ५० जना पक्राउ गर्न…
  • कालीगण्डकी पहिरो पीडितलाई सभासद पाण्डे र दियालो संस्थाको तर्फबाट नगद…
  • एनआरएनए लाई आइएलओको थप ५ करोड सहयोग
  • अमेरिकामा नेपाली राष्ट्रिय महिला सम्मेलनमा सहयोग गर्ने सबैलाई अध्यक्ष साह…
  • अध्यात्म ज्ञान : आफ्नो वास्तविक स्वरूपलाई कसरी चिन्ने ?
  • असोज २० देखि दशैंको अग्रिम टिकट बुकिङ खोल्न प्रस्ताव
  • लहानको जन प्रतिनिधिद्धारा पत्रकार भेटघाट
  • नवलपरासीमा डा. केसीको जीवन रक्षाको  माग गर्दै प्रर्दशन