बुटवल उपमहानगरपालीकाले घरबहाल छुट नदिएको गुनासो ।

प्रकाशित मिति:

हरिश ढकाल  बुटवल, ४ साउन । निजि क्षेत्रबाट धमाधम शतप्रतिशत घरबहाल मिनाहा तथा भारी छुट प्रदान गर्ने काम तिब्रताका साथ भैरहको भएपनि सरकारी क्षेत्रबाट भने न्यूनतम छुट दिएर उम्किने प्रयास भएको छ । बुटवल उपमहानगरपालीका अन्तर्गत संचालनमा रहेका ब्यबसायिक पसले घरका ब्यबसायीहरुले लकडाउन अवधीको भाडा मिनाहा लगाएतका आफुहरुको बिभिन्न माग प्रति उपमहानगरपालीकाले बेवास्ता गरेको भन्दै गुनासो गरेको छन ।

बुटवल ५ स्थित हाटबजार र अमरपथमा रहेको उपमहानगरको ब्यबसायिक भवनमा संचालनमा रहेका ४० जना ब्यापारीहरुले पत्रकार सम्मेलन गरेर लकडाउनका कारण ब्यबसाय धरासायी भएको र अन्यत्र ब्यक्तिगत रुपमा निजि क्षेत्रबाट संचालित घरधनीहरुले उल्लेख्य रुपमा घरभाडा मिनाहा वा अधिकतम छुट भैरहेको बताए । तर स्थानिय सरकारको रुपमा रहेको आम नगरबासी जनताको संरक्षक बुटवल उपमहानगरपालीका कार्यालयले भने शतप्रतिशत दिनुपर्नेमा एक महिनाको मात्र भाडा छुट दिएर झारा टार्ने काम गरेको भन्दै ब्यबसायीहरुले चिन्ता समेत ब्यक्त गरेका छन् ।

बुटवल उपमहानगरपालिकाको मातहतमा संचालित ब्यबसायिक सटरका व्यवसायीहरुले नगरपालिकाले लकडाउनको समयको भाडा छुट गर्नु पर्नेमा झन यथासिघ्र भाडा बुझाउन भन्दै ताकेता गरेको उनिहरुले बताए । लकडाउन अवधीको भाडा शतप्रतिशत मिनाहा गर्ने, लकडाउनका कारण धरासायी भएको ब्यबसायलाई उकास्न भाडा समायोजन गर्ने र सम्झौता अवधी कम्तिमा ३ बर्ष थप गर्ने माग गर्दै नगरपालीकामा निवेदन बुझाएको भएपनि सोको पुरै बेवास्ता गर्दै ब्यबसायीहरुसँग छलफल नै नगरि आफुखुशी निर्णय गरिएको भन्दै ब्यबसायीहरुले आपत्ती प्रकट गरेका छन् ।

बुटवल उपमहानगरपालिकासंगको सम्झौतामा पाँच बर्षअघि बसेका ति साना व्यवसायीहरुले पत्रकारसँग कुरा गर्दै असार मसान्तसम्मको भाडा असार मसान्त भित्रै बुझाउन ताकेता गरिएकोले आफुहरु थप मर्कामा परेको भन्दै पसल खुल्नासाथै पैसा तिर्न सक्ने अवस्था नहुने जिकिर गरेका छन् । उता असार मसान्तमा सम्झौता अवधी सकिएका करिब ४० व्यवसायीले नगर सरकारको मातहतमा रहेपनि लकडाउन अवधिमा १ महिनाको मात्रै भाडा छुट गर्नु र १ बर्ष मात्र सम्झौता थप्नु अभिभावकिय काम नभएको भन्दै लकडाउनको अवधिमा पसल बन्द भै समस्यामा परेका व्यवसायीलाई राहात दिन समेत उनिहरुले माग गरेका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै व्यवसायी भरत श्रेष्ठले उपमहानगरपालिका संग सम्झौता गर्दा बहाल भाडा सस्तो भएपनि अहिले ब्यवसायि धरासायि बन्न बाध्य भएकोले भाडा समायोजन गर्नुपर्ने आवश्यक्ता रहेको बताए । नगरपालिकाले व्यवसाय सञ्चालन गर्नको लागि स्वीकृति दिएको १०–१५ दिनबाट नै बहाल उठाउन ताकेता गरिएकोले ब्यबसायीहरुमा झन तनाव उत्पन्न भएको उनले बताए । उनले भने –‘व्यक्तिगत निजि घर वा भवनमा बसेकोले पनि ३ महिनाको बहाल छुट गरेका छन्, नगरपालिकाले भने उल्टो बहाल तिर्न ताकेता ग¥यो, जस्ले हामीलाई निकै समस्या परेको छ ।

अर्का व्यवसायी गङाराम भुसालले आफुहरुका माग सम्बोधन गर्ने भनेर उपमहानगरपालिकाले बिगतमा आश्वासन दिएपनि कार्यान्वयनमा भने प्रभावकारी नभएको बताए । उनले अहिले थप १ वर्षको लागि सम्झौता गर्नको लागि बोलाईएपनि आफुहरु संग बहाल तिर्ने र सम्झौतावापत दिनुपर्ने रकम नभएकोले जान नसकेको बताए । यस्तै अन्य व्यवसायीहरु पद्मनारायण मानन्धर, बिष्णुप्रसाद श्रेष्ठ, सञ्जय बज्राचार्य, मिना मानन्धर लगायतले बुटवल नगरपालिकासंगको समन्वयमा व्यवसायीलाई केही राहत उलब्ध गराउन भएपनि आफुहरुका माग सम्बोधन हुनुपर्ने तर्क गरे ।