वालिङ नपाद्वारा किसानलाई दूध चिस्याउने मेसिन हस्तान्तरण

४ श्रावण २०७७, आईतवार ०   बिचार / प्रतिक्रिया


तोलाकान्त बगाले वालिङ, ४ साउन । वालिङ नगरपालिकाले ब्यवसायिकरुपमा दूध उत्पादन गर्दै आएको फर्मलाई आईतबार दूध चिस्याउने मेसिन हस्तान्तरण गरेको छ । वालिङ नगरपालिका वडा नं. १४ स्थित पनियारेमा रहेको ‘पनियारे पशुपालन तथा कृषि फर्म’ लाई वालिङ नगरपालिकाले गरीबसँग विश्वेश्वर कार्यक्रम अन्तर्गत दूध चिस्याउने मेसिन प्रदान गरेको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।

वास्तविक किसानहरुलाई ओझेल पर्न नदिनका लागि वालिङ नगरपालिकाले प्रोत्साहनस्वरुप यन्त्र उपकरण तथा आवश्यक सहयोग गर्दै आएको नगर प्रमुख खाँणले बताउनुभयो । अब निर्वाहमुखी कृषि तथा पशुपालन गर्ने पद्धतिबाट माथि उठेर आधुनिक र ब्यवसायिकतातर्फ जोडिनुपर्छ” नगर प्रमुख खाँणले भन्नुभयो, “ब्यवसायिकरुपमा अगाडि बढ्नुहोस् कहीँ कतै अप्ठ्यारो महशुष भयो भने नगरपालिकाले सहुलियत दरमा ऋण उपलब्ध गराउँछ साथै उत्पादित बस्तुको बजारीकरणका लागि सहयोग समेत गर्छ । ब्यवसायिकरुपमा फर्म सञ्चालन गर्नुभएका वास्तविक किसानलाई थप उर्जा दिन र अझै ब्यवसायिक बन्नतर्फ उत्प्रेरित गर्नका लागि नगरपालिकाले मेसिन उपलब्ध गराएको उपप्रमुख कल्पना तिवारीले बताउनुभयो ।

यहाँ उत्पादन भएको दूधलाई केही दिनसम्म सुरक्षितरुपमा राख्नका लागि चिस्याउने मेसिन फर्मका लागि निकै उपयोगी रहेको फर्म सञ्चालक पिताम्बर डुम्रेले बताउनुभयो । “दूध चिस्याउने मेसिन नगरपालिकाले उपलब्ध गराएसँगै बिहान बेलुका कुनै पनि समयमा दूध संकलन गरेर राख्न सकिने भएको छ” यूवा ब्यवसायी एवं फर्म सञ्चालक डुम्रेले भन्नुभयो, “पाँच सय लिटर क्षमताको दूध चिस्याउने मेसिन भएसँगै अब बिहान बेलुकाको दूध संकलन गरेर राख्न सकिने र समय मिलाएर बिक्री वितरण गर्न सकिने भएकाले फाईदा हुने विश्वास लिएको छु ।”

साना तथा ठूला गाई तथा भैंसी गरी हाल डुम्रेको फर्ममा ९५ वटा गाई भैंसी छन् । दैनिक २७५ लिटर दूध उत्पादन गर्दै आउनुभएका डुम्रेले यहाँ उत्पादन भएको दूधसहित दूग्धजन्य पदार्थहरु दही, नौनी, पनीर वालिङ, गल्याङ तथा भीरकोट नगरपालिकाका विभिन्न बजारमा खपत गर्दै आउनुभएको छ ।वालिङ वडा नं. १४ का वडा अध्यक्ष झम्मरबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन गरीबसँग विश्वेश्वर कार्यक्रमका सीता गैह्रेले गर्नुभएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • कालीगण्डकीमा नेकपामा पहीरो । युवाहरु सामुहीक रुपमा कांग्रेसमा प्रवेश
  • बरियारपट्टी गाउँपालिकाको सम्पुर्ण बिधालयहरु संचालनमा आए पछि : विद्यार्थीहरुमा खुशीयाली
  •  जोन ६३ को एडभाइजर कमिटीको प्रथम बैठक सम्पन्न
  • कञ्चन जेसिजको स्वास्थ्यका लागि खेलकुद प्रतियोगिता सम्पन्न
  • चाटर्स डेमा विभिन्न कार्यक्रम
  • करणी उद्योगको झुठ्ठा जाहेरी दिलाउने पक्राउ
  • ४ दिन पहिला परेको वर्षाले तरकारीका बोट नष्ट । जिल्लाका…
  • कपिलबस्तुको कृष्णनगर हुँदै भारततर्फ लाँदै गरेको साढे सात किलो लागूऔषध…
  • दोब्बर भाडा लिने सवारी प्रहरीे फन्दामा
  • विद्यालय खुलेसंगै स्वास्थ्य मापडण्डका वारेमा अनुगमन सुरु