नेपालका आठ जिल्ला कोरोनामुक्त

४ श्रावण २०७७, आईतवार ०   बिचार / प्रतिक्रिया


काठमाडौं, साउन ४ : नेपालका आठ जिल्ला कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा‍‍। जागेश्वर गौतमले कोरोनाको संक्रमणबाट मुक्त हुने जिल्लाको संख्या आठ पुगेको जानकारी दिएका हुन्। प्रवक्ता गौतमका अनुसार भोजपुर, पाँचथर, धनकुटा, रसुवा, मनाङ, मुस्ताङ, हुम्ला र जुम्ला कोरोनामुक्त भएका छन्।

यस्तै, पछिल्लो २४ घन्टामा विभिन्न २७ प्रयोगशालामा तीन हजार ७४१ जनामा परीक्षण गर्दा १५६ जनामा संक्रमण देखिएको प्रवक्ता गौतमले जानकारी दिए। योसँगै संक्रमितको संख्या १७ हजार ६ सय ५८ पुगेको छ।उनका अनुसार आइतबार सप्तरीमा ३२, सर्लाहीमा २५, कैलालीमा २४, नवलपरासी र बर्दियामा १०(१० जना, पर्सामा सात, कास्की, म्याग्दी र लमजुङमा ६(६ जना, बाँके र दाङमा पाँच(पाँच जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ।

यस्तै, ललितपुर, रौतहट, स्याङ्जा, रुपन्हेदी, डडेल्धुरामा दुई(दुई जना र सुनसरी, सिरहा, बारा, काठमाडौं, मोरङ, मकवानपुर, बागलुङ, पर्वत, प्यूठान, सल्यानमा एक(एक जना संक्रमित भेटिएका छन्। प्रवक्ता गौतमका अनुसार आइतबार कोरोनालाई जितेर ५८ जना घर फर्किएका छन्। योसँगै कोरोनालाई जितेर घर फर्किनेको संख्या ११ हजार ६९५ पुगेको छ। नेपालमा हालसम्म कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया