बर्दघाट नगरपालिकामा आज एकैसाथ १० जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति:

श्रावण ४

नवलपरासी ।  पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा आज एकैसाथ १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लोपटक पिसिआर परिक्षणका लागि स्वाव संकलन गरी पठाईएका १ सय २ जनाको रिपोर्टआएकोमा १० जनामा संक्रमणपुष्टि भएको र ९२ जनाको भने पिसिआर नेगेटिभ आएको बर्दघाट नगरपालिका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले जानकारी दिनुभएको छ ।

संक्रमित हुनेमा वडा नम्बर ४ का २८ र ४६ बर्षका २ जना, वडा नम्बर २ का ४५ र ५८ बर्षका २ का २ जना, वडा नम्बर १३ मा ३० बर्षिया र एक बालक गरी  २ जना, वडा नम्बर ७ का ३६ बर्षका १ जना, वडा नम्बर १२ का २६ बर्षिया १ जना, वडा नम्बर १४ का ५६ बर्षया १ जना र वडा नम्बर १५ का ४० बर्षिया १ जना रहेको ज्ञवाललीले जानकारी दिनुभएको छ ।

यो संगै बर्दघाट नगरपालिकामा कुल संक्रमितको संख्या २३ पुगेको छ । पश्चिम नवलपरासीमा संक्रमितको संख्या १ सय १७ पुगेको छ । यस अघिबर्दघाट नगरपालिकामा  संक्रमित भएका मध्ये  हाल सम्म ६ जना निको भएका छन् । बर्दघाट नगरपालिकामा संक्रमित भएकाहरुलाई बुटवल स्थित एन्फा क्लव भवनमा रहेको आईसोलेसनमा राखिदै आएको छ । वडा नम्बर ४ का एक जना संक्रमितको भने कोरोना विशेष अस्पतालमा उपचार भैरहेको स्वास्थ्य प्रमुख ज्ञवालीले जानकारी दिनुभएको छ । अहिले संक्रमित भएका १० जनालाईनै एन्फा क्लवको आईसोलेसनमै लैजाने तयारी गरिएको ज्ञवालीले जानकारी दिनुभयो ।