महेन्द्रको मौलिक तिज गित ‘खै खै नानीको नाच बरिलै’ले चर्चा बटुल्दै !

प्रकाशित मिति:

बुटवल – पछिल्लो समय चर्चाको सिखरमा पुग्न सफल गायिका समिक्षा अधिकारी र लोकप्रिय सर्जक, संगीतकार एबम चर्चित गायक महेन्द्र भण्डारीको आवाजमा २०७७ सालको नयाँ मौलिक तिज गित ( खै खै नानिको नाच बरिलै) बोलको तिज गित सार्बजनिक भएको हो।

लोकप्रिय सर्जक एबम गायक महेन्द्र भण्डारीले आफै लय भर्नुका साथै शब्द लेखेका हुन भने एरेन्ज पनि स्वयम् महेन्द्रले गरेका छन । उक्त गितमा समिक्षा अधिकारी र महेन्द्र भण्डारीले आवाज दिएका छ्न । मालाश्री रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गितलाई रेकर्डडिस्ट बिमल छिनाल गरेका हुन् भने खडक बाजुरालिले ध्वनि मिश्रण गरेका छ्न ।

गितमा स्मृती तिमिल्सिना ( गुरुआमा) को निर्देशन रहेको छ । जसमा स्मृती तिमिल्सिना (गुरुआमा )लोमस शर्मा र हास्य कलाकार अर्जुन कुवर( पित्री बूढो)को अभिनय देख्न सकिन्छ । सुरेश श्रेष्ठले छायांकन गरेको उक्त गितलाई प्रकाश धमलाले सम्पादन गरेका हुन् । गित शिव दर्शन म्युजिक प्रा.लि बाट बजारमा सार्बजनिक भएको हो ।

हेर्नुहोस भिडियो :-

https://youtu.be/PHQLoNLhEIk