लुम्बिनीको आध्यत्मिक विकासमा टेवा पुर्याउन पहिलो पटक ३ दिने बौद्ध ग्रन्थ त्रिपिटक बाचन समारोह गरिंदै

प्रकाशित मिति:

लुम्बिनीको आध्यत्मिक विकासमा टेवा पुर्याउन पहिलो पटक ३ दिने बौद्ध ग्रन्थ त्रिपिटक बाचन समारोह गर्न लागिएको छ । त्रिपिटक बारे धेरै नेपाली अनभिज्ञ रहेको र बौद्ध धर्ममा यसको बिशेष महत्व भएका कारण नेपालमै पहिलो पटक बुद्ध जन्मस्थल लुम्बिनीमा त्रिपिटक वाचन गर्न लागिएको हो । त्रिपिटक वाचन कार्तिक २८ गते बिहान ७ बजे देखी मायादेवी मन्दिर पवित्र उद्यान भित्र गरिदै छ । यसको लागी १८ देशका ७ सय भन्दा बढी बौद्ध भिक्षु, भिक्षुणी, उपासक, उपासिका लुम्बिनी आउदैछन् । त्रिपिटक भगवान बुद्धले दिएको ज्ञान र शिक्षाको सार संग्रहित ग्रन्थ भएको अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष एवम आयोजक भिक्षु मैत्रीले बताए ।

समारोह आगामी कार्तिक २८ गते देखी ३० गते सम्म लुम्बिनीमा आयोजन गरिदै छ । लुम्बिनीको आध्यत्मिक विकास र पर्यटकको बसाई अवधि लम्बाउन त्रिपिटक वाचन समारोह महत्वपूर्ण हुने आयोजक संस्थाका स्थानिय सचिव चेतन पन्तले बताए ।

अमेरीकन बुद्धिष्ट एशोसिएसन, अखिल नेपाल भिक्षु महासंघ, थाई बुद्ध विहार लुम्बिनीको संयुक्त आयोजनामा कार्यक्रम हुदैछ । कार्यक्रमका लागी भोजन आवास, यातायात ब्यवस्थापन सम्बन्धि काम अन्तिम चरणमा पुगेको आयोजकले जानकारी दिए । बिगत १५ बर्ष देखी भारतमा मात्र भैरहेको यो आध्यत्मिक कार्यक्रले लुम्बिनीको आध्यत्मिक, सांस्कृतिक महत्व अझ बढाउने र पर्यटकहरुको चहल पहलमा थप टेवा पुग्ने विश्ववास गरिएको छ ।