लायन्स क्लब अफ मणिमुकुन्दद्धारा बृक्षारोपण

प्रकाशित मिति:

बुटवल ५ साउन । लायन्स क्लब अफ मणिमुकुन्दको आयोजनामा बुटवलमा रहेको जनता माध्यमिक विद्यालयमा बृक्षारोपण गरिएको छ ।क्लबले सामाजिक कार्यक्रम अन्र्तगत विद्यालयको परिषदमा बृक्षारोपण गरेको हो ।

क्लबका अध्यक्ष जेवि गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पुर्व गर्भनर सुनिल प्रसाद ओझाले क्लवले गरेको रचनात्मक कार्यको प्रशंसा गर्नु भयो । उहांले बृक्षारोपणसंगै यसलाई हुर्काउने वढाउने काममा पनि ध्यान दिन आग्रह गर्नु भयो ।

कार्यक्रममा लायन्सका एरिया प्रमुख सन्दिप कौंशधन , विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नन्दिकिशोर ढकाल, प्रध्यानाध्यापक आशा बस्नेत,जोन चिरय प्रशन श्रष्टि गुरुङ्ग, माधब नेपाल , रोशन भण्डारी लगायतले बोलेका थिए । विद्यालय परिषरमा लिचि , आपँ, कपुर , रुद्धाक्ष लगायत जातका विरुवाहरु रोपिएको हो । करिब ८ हजार बराबरको विरुवा रोपिएको क्लबका अध्यक्ष जेवी गुरुङले जानकारी दिनु भयो ।