हजार रुपैयाँ सापटी लिए कै कारण लहानका एक दलित युवाको हत्या

प्रकाशित मिति:

महेश सिंह ,सिरहा, ५ श्रावण । सिरहाको लहान नगरपालिका–१ मर्टियर्वाका १९ वर्षीय रोशनकुमार रामको हत्या गरिएको छ । राम केहि दिन अगाडि लागुपदार्थ मुद्दामा पक्राउ परेका राम ले धरौटीको लागि १० हजार रुपैयाँ तिर्न न सक्दा उनलाई पुर्पक्षका लागि जेल चलान गरिएका थिए । उनले कैदी साथी संग १००० सापटी लिएका थिए । सापटी रकम नै उनको मृत्युको कारण बन्न पुग्यो । जेलमा रहेका अर्का कैदि युवक जयकुमार यादवले रामलाई हजार रुपैया दिएको थियो ।

भोलिपल्टै जयकुमारले रोशनलाई घुम्न जाऔँ भन्दै लगे तर दुर्भाग्यवश चार दिनपछि बताहा खोलामा उनको लास भेटियो । उनको शव ३० असारमा मिर्चैया–९ बतहा खोला पुलनजिक गमहरिया महेशपुर जाने बाटोको डिलमुनि काँसघारीको पानी जमेको खाल्डोमा भेटिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाले कुहिएको अवस्थामा शवलाई पोस्ट्मार्टम गर्न लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा ल्याएको थियो । बेवारिसे शवको १ साउनमा पोस्टमार्टम गरिएको जानकारी प्रहरी श्रोतले जनाएको छ । कपडाको कारणले शवलाई चिनेका रोशनका बुबा सिफैत स्तब्ध भए ।

केही दिन पछि जयकुमार यादव पनि जेलबाट रिहा भएपछि २६ असारमा एक हजार सापटी फिर्ता लिन स्थानीय एक युवा साथी २२ वर्षीय मुकुन्दकुमार कटुवाललाई लिएर रोशन रामको घरमा गएका थिए । जयले पैसा देउ र नदिए जे पनि हुन सक्ने भन्दै रोशनलाई धम्काएको उनकी आमा सुनैरदेवीले बताइन् ।रोशन राम भर्खरै बिहे गरेका युवक थिए र पारिवारिक श्रोत अनुसार उनी वैदेशिक रोजगारका लागि प्रतीक्षारत थिए । छोराको हत्याको आरोपमा सिफैतले प्रहरीमा किटानी जाहेरी दिएका छन् । उनको जाहेरीका आधारमा आइतबार जय र मुकुन्दलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालयका डिएसपी जैसवालले बताए । इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सन्तुलाल जैसवालका अनुसार १० असारमा धरौटी बुझाएपछि रोशन राम छुटेका थिए । कर्जा लिई १० हजार धरौटी बुझाए पछि उनी रिहा भएको उनका बुबा सिफैत रामले बताए ।