वामी नमूना समाजद्धारा मुसिकोट र इश्माका पहिरो पिडितहरुलाई सहयोग रकम हस्तान्तरण ।

प्रकाशित मिति:

कौरव खत्री-गुल्मी ५ साउन । गुल्मीको वामी नमूना समाज मुसिकोट नगरपालिका ७ द्धारा मुसिकोट र इश्माका बाढी पहिरो प्रभावितहरुलाई नगद सहयोग रकम हस्तान्तरण गरिएको छ । आइतवार आयोजित एक कार्यक्रमका वीचमा मुसिकोट नगरपालिका २ का एक वेपत्ता व्यक्तिको घरपरिवारलाई ५ हजार, अन्य विस्थापित घरपरिवार एकमुष्ठ ७५ हजार गरि जम्मा नगद रु. ८० हजार नगद रकम मुसिकोट नगरपालिका वडा नं. २ का वडाअध्यक्ष लक्ष्मण खत्रीलाई वामी नमूना समाजद्धारा हस्तान्तरण गरिएको थियो ।

साथै इश्मा गाँउपालिका वडा नं. १ का २ जना मृतकका घरपरिवारलाई प्रतिपरिवारलाई ५हजारका दर नगद रु.१० हजार,विस्थापित ४ घरपरिवारलाई प्रतिपरिवार रु. ३ हजारका दरले १२ हजार गरि इश्मा गाँउपालिका ६ घरपरिवारलाई नगद रु. २२ हजार नगद रकम पहिरो पिडितहरुलाई हस्तान्तरण गरिएको वामी नमूना समाज मुसिकोट नगरपालिका ७ का महासचिव तोयनाथ खरालले जानकारी दिए ।वामी नमूना समाज मुसिकोट नगरपालिका ७ द्धारा इश्मा गाँउपालिका १ का पिडितहरुलाई रकम हस्तान्तरण गरिएको थियो ।त्यस्तै सोही अवसरमा बोल्दै इश्मा गाँउपालिका १ का वडाअध्यक्ष चुरा बहादुर खत्रीले सबै सहयोगीहरुलाई धन्यवाद दिए ।त्यस्तै सोही अवसरमा बोल्दै मुसिकोट नगरपालिका २ का वडाअध्यक्ष लक्ष्मण खत्रीले हाल रोजगारीको शिलशिलामा आफ्नो कमाई केही गाँस काटेर आफ्नो जन्मभूमि र छिमेकीहरुको पिडामा मलम लगाउन ठूलो सहयोग गरेमा सबैलाई विशेष धन्यवाद दिए ।

राहत वितरण कार्यक्रम वामी नमूना समाज मुसिकोट नगरपालिका ७ का सल्लाहकार जनक बहादुर थापाको अध्यक्षता रहेको कार्यक्रममा समाजका वरिष्ठ उपाध्यक्ष डिलाराम खरेल,उपाध्यक्ष रोम बहादुर रायमाझी,कोषाध्यक्ष कमलप्रसाद खराल,महासचिव तोयनाथ खराल लगायत वडाका स्थानीय राजनितिक दलका प्रतिनिधि तथा समाजसेवीहरु पत्रकार लगायतको सहभागिता रहेको थियो ।भने काार्यक्रमको सञ्चालन भने वामी नमूना समाजका वरिष्ठ उपाध्यक्ष डिलाराम खरेलले गरेका थिए । साथै रकम संकलन वामी नमूना समाजका अध्यक्ष रेशम रायमाझीका कार्य समिति र उपाध्यक्ष डिलाराम खरेलको आर्थिक संयोजकत्वमा जापानमा रकम संकलन गरिएको वामी नमूना समाजका संस्थापक अध्यक्ष दिलिप थापाले जापानबाट जानकारी दिए ।