देवदहमा १० लाखको काम गरेर ५० लाख झवाम पार्ने दाउ , वडा अध्यक्षले रोके भुक्तानी

५ श्रावण २०७७, सोमबार ०   बिचार / प्रतिक्रिया


सबलपोष्ट ५ साउन,बुटवल । देवदह नगरपालिकामा पालिकास्तरको खेल मैदानमा माटो र बालुवा ‘फिलिङ’ गर्ने ठेक्कामा करिब १० लाख रुपैयांको काम गरेर ५० लाख ‘झ््वाम्’ पार्ने दाउ असफल भएको छ । देवदह–५ पानबारीको शहिद नरवहादुर नेपाली खेल मैदानमा माटो र बालुवा फिलिङ गर्ने ठेक्काको काममा करिब १० लाख रुपैयांको मात्रै काम गरेर बांकी रकम झ्वाम पार्ने दाउलाई स्थानीय र वडा अध्यक्षले असफल बनाइदिएका हुन् । सम्झौता अनुसार ६ सय घन मिटर क्षमताका १० चक्के टिप्परबाट ८ सय ७३ पटक माटो र बालुवा ल्याएर मैदान सम्याउनुपर्ने (फिलिङ) ठेक्का सम्झौता भएपनि बढीमा १० लाख रुपैयां बराबरको मात्रै काम गरेर पूरै रकम भुक्तानीका लागि नगरपालिकाले चेक काटेका बेला वडा अध्यक्ष झिल्लपुप्रसाद न्यौपानेले असहमति जनाउंदै ठेकेदारलाई चेक दिन रोकेका छन् ।

आर्थिक वर्षको अन्तिम दिन नगरपालिकाका इन्जिनियरहरुसंगको मिलेमतोमा पूरै काम भएको मुल्यांकन गराई भुक्तानीका लागि काटिएको २५ लाख ७५ हजार ७ सय १५ रुपैयांको चेक वडा अध्यक्ष न्यौपानेले रोकेका हुन् । यसअघि पेश्की वापत ठेकेदारले २२ लाख रुपैयां भुक्तानी लगिसकेका नगरपालिकाका प्रवक्ता समेत रहेका वडा अधयक्ष न्यौपानेले बताए् । ‘जानकारहरुसंग बुझ्दा बढीमा १० लाखको काम भएको भन्ने तथ्य थाहा भएपछि राजय कोषको ठूलो रकम ठगी गर्न खोजिएको देखिएकाले मैले चेक दिन अब्जेक्सन गरेको हुं’–प्रवक्ता न्यौपानेले भने–‘गत बर्ष केही टिप्पर माटो खसालिएको र यसबर्ष सोही ठाउँमा रहेको डांडोको माटो डोजरले यताउता पारेर थोरै कामलाई धेरै काम भनेर मुल्यांकन गराई रकम हात पार्न खोजिएको देखियो ।’ वडा अध्यक्ष मात्र हैन, स्थानिय बासिन्दा पनि खेल मैदानमा बाहिरबाट माटो र बालुवा ल्याएर फिलिङ गरेको नदेखेको बताउंछन् । ‘खेल मैदानका लागि माटो र बालुवा खसालेको थाहा छैन, बरु यहां देवदहका खोलाहरुबाट चोरी गरेर ढुंगा गिट्टी बालुवा थुपारेर अन्यत्र बेच्ने काम भएको छ, त्यो पनि छानवीन गर्नुपर्छ’–स्थानीय प्रेम थापाले भने ।

उक्त खेल मैदान प्रदेश सरकारको ‘एक पालिका एक खेल मैदान’ कार्यक्रम अन्तरगतको हो । खेल मैदान बनाउने ठेक्का हेटौंडाको साश्वत कन्स्ट्रक्सनको नामको कम्पनीले पाएपनि देवदह वडा नं ७ का वडा अध्यक्ष पदम थापाका छोरा सुशिल थापाले जिम्मा लिएर काम गर्दै आएका थिए । वडा अध्यक्ष थापा नेकपा (नेकपा) का जिल्ला सदस्य समेत हुन् ।पूरा काम नगरी भुक्तानी दिन लागिएकोमा वडा अध्यक्ष न्यौपाने र सहित स्थानीयको विरोध भएपछि नगरप्रमुख हिराबहादुर खत्रीले देवदह नगरपालिकाको बोर्ड बैठक बसेको छ । वैठकले भुक्तानी रोक्ने र प्रदेश सरकारलाई प्राविधिक पठाएर खेल मैदानमा भएको काममो स्थलगत अध्ययन गर्न अनुरोध गर्न पत्राचार गर्ने निर्णय गरेको नगरप्रमुख खत्रीले बताए । ‘तीन चार जना प्राविधिकले स्वीकृत गरेको बिल आफूले ठीकै होला भनेर अनुमोदन गरेको हुं,पछि वडा अध्यक्ष र नगर प्रवक्ताले नै प्रश्न उठाएपछि नगरपालिकाको बोर्ड वैठक राखेर भुक्तानी रोक्ने र अध्ययन गर्ने निर्णय भएको छ’–खत्रीले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • बझाङ घटनालाई गम्भीर रुपमा लिएको छु : सभामुख सापकोटा
  • समाजिक सेवा दिवसको अवसरमा ओरेक नेपाल द्धारा अंन्तरकृर्या
  • नेपाली कांग्रेसका नेताहरु द्धारा राहत वितरण ।
  • संविधानसभा सदस्य पाण्डेय द्वारा पहिरो पीडित परिवारलाई आर्थिक सहयोग 
  • बाँकेमा कोरोनाका कारण थप दुई जनाको मृत्यु
  • नेटवर्किङ व्यवसायमा संलग्‍न २५ कम्पनी र ५० जना पक्राउ गर्न…
  • कालीगण्डकी पहिरो पीडितलाई सभासद पाण्डे र दियालो संस्थाको तर्फबाट नगद…
  • एनआरएनए लाई आइएलओको थप ५ करोड सहयोग
  • अमेरिकामा नेपाली राष्ट्रिय महिला सम्मेलनमा सहयोग गर्ने सबैलाई अध्यक्ष साह…
  • अध्यात्म ज्ञान : आफ्नो वास्तविक स्वरूपलाई कसरी चिन्ने ?