चितुवाको आतंकले सथानिय त्रसित

प्रकाशित मिति:

नरभक्षी चितुवाले पछिल्लो पाँच बर्षमा अर्घाखाँचीमा दुइ दर्जन वालवालिकामा आक्रमण गरेको छ । जस्का कारण १८ जनाको ज्यान गएको छ । ६ जना घाइते उपचार पछि निको भएका छन । चितुवा आतंक बढ्दै गएपछि सन्धिखर्क, किमडाडा, अर्घा, खाचिकोट, ढिकुरा, नुवाकोट, लगायतका स्थानिय बासिन्दा त्रसित भएका छन् । चितुवाको आतङ्कले जिल्लावासी त्रसित भई रहेका छन् । चितुवाको डरले गाँउ छाडन बाध्य भएको र चेलीबेटी तथा आफन्तहरु बालबच्चा लिएर ढिकुरा, किमडाडा, नुवाकोट लगायतका स्थानमा आउन छाडेको ढिकुरा पियालेका स्थानीय खिम प्रसाद मरासिनीले बताए । पटक पटक चितुवाको आक्रमणबाट अबोध बालबालिकाको ज्यान जाँदा समेत चितुवा मार्न प्रशासन लागी नपरेको गुनासो जिल्लाबासीको छ । बालबालिकाहरु त्रासमा छन् । उनीहरुल स्कुल जान पनि डराइरहेका छन् । स्थानीय जगंल क्षेत्रमा घास दाउरा गर्न र गाइवाख्रा चराउन लैजान पनि डराइरहेका छन् ।