विपिको सम्झनामा बुटवल र मणिग्राममा मास्क बितरण

५ श्रावण २०७७, सोमबार ०   बिचार / प्रतिक्रिया


बुटवल, साउन ५ – विपिको ३८ औं स्मृति दिवशको उपलक्ष्यमा विपि बिचार राष्ट्रिय समाज बुटवल र तिलोत्तमाले आज मास्क बितरण गरेका छन । कोरोना माहामारीबाट जोगीन सुसुचित गर्ने उद्येस्यले विपि बिचार राष्ट्रिय समाज बुटवल समितिले राजमार्ग चौराहमा एक हजार थान मास्क बितरण गरयो । नेपाली काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले सडकका यात्रुहरुलाइ मास्क प्रदान गर्दै कोरोनाको जोखीम कायमै रहेकाले मास्क लगाउने,भौतिक दुरी कायम गर्ने,सावुन पानीले हात धुने लगायतका सावधानी अपनाउन सबैलाइ आब्हान गर्नुभयो ।
महामारीका बेला जनताको रक्षक बन्नु पर्ने सरकार नै भ्रष्टाचारमा चुर्लुम्म डुबेको भन्दै उनले नेपाली काँग्रेस सधैव जनताको साथमा रहेको बताउनु भयो । ओली सरकारले स्वासथ्य सामाग्री खरीदमा करोडौ भ्रष्टाचार गरेर जनताको स्वास्थ्य माथि गम्भिर खेलवाड गरेको उहाँले बताउनु भयो ।

समाजका बुटवल नगरसमिति अध्यक्ष नारायण अधिकारी,सल्लाहकार बिष्णु पोख्रेल,उपाध्यक्ष जाकिर हुसेन,सचिव जयप्रकाश भट्टराइ लगायतले बोल्दै कोरोना महामारीबाट आम जनतालाइ बचाउन सबैले आ आफनो ठाँउबाट भुमीका खेल्नु पर्ने बताउनु भयो ।
यसैबिच विपि बिचार राष्ट्रिय समाज तिलोत्तमाले पनि आज मणिग्राम चोकमा एक हजार थान मास्क बितरण गरेको छ । समाजका अध्यक्ष कल्याण पौडेल, काँग्रेस रुपन्देहीका पुर्व सभापती रामचन्द्र ढकाल, जिल्ला सचिव रामकृष्ण खाँण,महिला संघका सभापती गंगा शाही, समाजका सल्लाहकार बिष्णु पोख्रेल, सहसचिव बाबुराम पन्थी लगायतले मास्क बितरण गर्नु भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि काँग्रेस रुपन्देहीका पुर्व सभापती रामचन्द्र ढकालले आम जनता कोरोना महामारी र त्यसले नीम्त्याएको आर्थिक संकटबाट गुर्जीरहदा सरकार भने भ्रष्टाचार र कुर्सीको खेलमा लीप्त भएको बताउनु भयो । कोभिड सम्बन्धी स्वास्थ्य सामाग्री खरीदमै भ्रष्टाचार गरेर बदनाम भएको सरकारले परराष्ट्र नीतिमा समेत फेल खादा विश्व सामु आम नेपालीको शिर नीहुरीएको नेता ढकालले बताउनु भयो । कार्यक्रममा विशिष्ट अतिथि रामकृष्ण खाँणले सरकार र भ्रष्टाचार एउटै सिक्का दुइ पटा जस्तै भएको बताउनु भयो । कार्यक्रममा बोल्ने वक्ताहरुले कोभिड १९ र यसले निम्त्याएको जटिल परिस्थितीबाट देश र जनतालाइ बचाउन काँग्रेसले रचनात्मक भुमीका खेल्नु पर्ने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया