बिर्घा पहिरो :  कांग्रेस क्षेत्रीय समितिद्धारा दुख ब्यक्त

५ श्रावण २०७७, सोमबार ०   बिचार / प्रतिक्रिया


स्याङ्जा—५ साउन । कालीगण्डकी गाँउपालिका ४ विर्घामा गएको पहिरोले पु¥याएको क्षती प्रति नेपाली कांग्रेस स्याङजा क्षेत्र नम्वर २ ले दुःख व्यक्त गरेको छ । स्याङ्जा क्षेत्र नम्वर २ का क्षेत्रीय सभापति देवबहादुर खाँण (इश्वर) ले कालीगण्डकी गाँउपालिका ४ बिर्घामा गएको पहिरोका कारण पुगेको अपुरणीय क्षतिप्रति दुख ब्यक्त गरेका छन् । क्षेत्र नं. २ का सभापति खाँणद्धारा जारी प्रेश विज्ञप्तिमा पहिरोमा परी निधन भएका साविक बिर्घा गाविसका पूर्वअध्यक्ष एवं नेपाली कांग्रेसका जुझारु नेताहरु ७० बर्षिय इमानसिंह राना, ६० का जिमानसिंह राना र ५० का टिकाबहादुर थापाको निधनले काग्रेस र समाजलाई ठुलो चोट पुगेको उल्लेख गर्दै मृतकहरुप्रति श्रद्धान्जली एवं शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

साथै, पहिरोमा परी बेपत्ता भएका प्रेमप्रसाद पाण्डेको छिटै भेट्ने कामना गर्दे, घाइते भएका ६८ बर्षिय होमनाथ पाण्डे (किसान) र ५५ बर्षिय वीरबहादुर रानाको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ । नेपाली कांग्रेसका योद्धा एवं विकासप्रेमी नेताहरुको प्राकृतिक विपत्तीले निम्ताएको दुखद निधन, वेपत्ता एवं घाइते अवस्थाले अत्यन्तैकाँग्रेसलाई दुखीत तुल्याएको उल्लेख छ । जारी बिज्ञप्तिमा कोरोनाको महामारी फैलिएको अवस्थामा पनि आफु भन्दा आफनो गाउँ, समाजको सेवाका निम्ति खटिएका यौद्धाहरुको उच्च सम्मान गर्दै मृतात्मा प्रति शान्तिको कामना गरिएको छ ।

गत मंगलबार बिहान ९ बजे गएको पहिरोामा परी बिर्घाका ३ जनाको मृत्यु, एक जना वेपत्ता एवं २ जना घाइते भएका थिए । पहिरोमा परी घाईते भएका ६८ बर्षिय होमनाथ पाण्डे र ५५ बर्षिय वीरबहादुर राना पाल्पा अस्पतालमा ५ दिनको उपचारपछि घर फर्किसकेका छन् । मृतक ३ जनाको सामुहिक अत्येष्टि भैसकेको छ । पहिरोवाट विस्थापित भएका ६ घर परिवारलाई यथाशिघ्र राज्यले गास, वास र कपासको ब्यवस्थापन गर्न क्षेत्रीय सभापति खाँण (इश्वर) को संघ, प्रदेश तथा स्थानीय तहका सरकारसंग माग छ । ३ जनाको मृत्यु, एक जनाको बेपत्ता र दुई जना घाईते हुने गरी भएको प्राकृतिक विपत्तीले साविक विर्घा साविक विर्घा गाविसवासी शोकमा डुवेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • शैक्षिक क्षेत्रमा पारेको विकराल समस्याका सवालमा सरकार संचालकहरु चिन्तित नभएको…
  • भैरहवामा मनाइयो चीनको ७१ औं राष्ट्रिय दिवस
  • नेविसंघ द्धारा तिलोत्तमा नगरपालीकाको शिक्षा शाखा शिल
  • सांसद मल्ल द्धारा विर्घाका पहीरो पिडीतलाई आर्थिक सहयोग
  • रूपन्देहीको सियारीमा मेलमिलाप सम्बन्धी प्रशिक्षण
  • अब आफ्नै ठाँउमा केही गर्नुहोस् हामी साथ दिन्छौं नगर प्रबक्ता…
  • टिम नेपो नवलपरासीद्धारा बृक्षारोपण सम्पन्न
  • नयाँ नक्सासहितको पाठ्यपुस्तकको बिक्री खुला गर्न सरकारसँग नेविसंघको माग
  • जि पि के फाउण्डेशन अमेरिकाले निशुल्क दुग्धजन्य पदार्थहरू र फ्रोजन…
  • बुटवलको कोरोना अस्पतालमा एक संक्रमित पुरुषको मृत्यु